
काठमाडौं ।
नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले हाल विकासमा रहेको कूलिङ सिस्टमले विद्युतीय सवारीसाधनको लामो चार्जिङ समयलाई घटाउने सुझाव दिएको छ। यसले विद्युतीय सवारीको बजारमा सकारात्मक प्रभाव पर्ने नासाले विश्वास व्यक्त गरेको छ।
नासाको बायोलोजिक र फिजिकल साइन्स डिभिजनद्वारा प्रायोजित टोलीले एउटा नयाँ प्रविधिको विकास गरिरहेको छ। “जसले यी प्रणालीहरूलाई अन्तरिक्षमा उचित तापक्रम कायम राख्न सक्षम बनाउन ताप स्थानान्तरणमा अर्डर-अफ-म्याग्निच्युड सुधार मात्र हासिल गर्दैन, हार्डवेयरको आकार र तौलमा पनि उल्लेखनीय कमी ल्याउन सक्षम हुनेछ,” एजेन्सीले पोस्ट गरेको जस्टदन्यूजले लेखेको छ।
पर्ड्यू विश्वविद्यालयका प्रोफेसरको नेतृत्वमा रहेको उक्त समूहले “सब कूल फ्लो बाइलिङ्ग” ल्याएको छ जसले महत्वपूर्ण प्रणालीहरूबाट तातो हटाउँछ, जसलाई यदि अधिक परम्परागत चार्जरहरूमा लागू गरियो भने, २,४०० एम्पीयरसम्म प्रवाह उत्पादन गर्न अनुमति दिन सक्छ। वर्तमानमा उपलब्ध सबैभन्दा उन्नत चार्जरहरूको क्षमताभन्दा यो धेरै छोटो समयमा चार्ज हुन्छ।
ब्लगाका अनुसार प्रविधिले पृथ्वीमा विद्युतीय कार सञ्चालनलाई सजिलो र सहज बनाउनेछ।
“विद्युतीय कारहरू व्यापक रूपमा प्रयोगमा आउनु अघि निश्चित चुनौतीहरू पार गर्नुपर्दछ,” पोस्टमा लेखिएको छ, ‘सर्वप्रथम, विद्युतीय सवारी साधनको चार्जिङलाई सक्षम बनाउन राजमार्ग र सडकमा चार्जिङ स्टेशनहरूको नेटवर्क स्थापना गरिनुपर्छ। दोस्रो, गाडी चार्ज गर्न लाग्ने समय घटाउनुपर्छ। हाल, चार्ज गर्ने समय व्यापक रूपमा भिन्न छ। सडक छेउको स्टेशनमा २० मिनेटदेखि घरमा चार्ज गर्दो घण्टै समय लाग्छ। चार्ज गर्ने लामो समय र चार्जरको स्थान दुवैलाई विद्युतीय सवारी साधन प्रयोग गर्ने विचारमा रहेका व्यक्तिहरूको प्रमुख चिन्ताको रूपमा रहेको देखिन्छ।”
द हिलका अनुसार बजारमा शीर्ष चार्जरहरूले हाल ५२० एम्पीयरसम्मको करेन्ट प्रवाह गर्दछ, जसले काल्पनिक २,४०० एम्पियर चार्जरहरू ४.६ गुणा छिटो बनाउँछ। जसको अर्थ यो प्रणालीबाट विद्युतीय सवारी ५ मिनेटमा चार्ज हुन्छ।
प्रकाशित: २९ आश्विन २०७९, शनिबार