सिस्को माइक्रोसफ्ट टिम्स हार्डवेयर कार्यक्रममा सामेल हुने

  • Technology Khabar | २८ आश्विन २०७९, शुक्रबार
सिस्को माइक्रोसफ्ट टिम्स हार्डवेयर कार्यक्रममा सामेल हुने

काठमाडौं ।

सिस्को सन् २०२३ को पहिलो अर्धवार्षिकमा पहिलो पटक माइक्रोसफ्ट टिम्स कार्यक्रमको लागि प्रमाणित साझेदार बन्ने भएको छ।

माइक्रोसफ्टको वार्षिक इग्नाइट सम्मेलनमा दुबै कम्पनीहरूले सिस्को पहिलो पटक माइक्रोसफ्ट टिम्स कार्यक्रमको लागि प्रमाणित साझेदार बन्ने घोषणा गरेका हुन्।

प्रयोगकर्ताहरूले पूर्वनिर्धारित सेवाको रूपमा टिम्सको विकल्पको साथ माइक्रोसफ्ट टिम्सका लागि प्रमाणित सिस्को रुम र डेस्क उपकरणहरूमा नेटिभरूपमा माइक्रोसफ्ट टिम्स चलाउन सक्षम हुनेछन्।

प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...