
काठमाडौं ।
इलेक्ट्रोनिक्स कम्पनी सोनी र सवारी उत्पादक होन्डा मिलेर इलेक्ट्रिक कार बनाउने भएका छन्। ट्रस्टेडरिभ्यूका अनुसार सोनी र होन्डाको सहकार्यमा निर्माण हुने कार सन् २०२६ मा बजारमा आउने छ।
गत मार्चमा इलेक्ट्रिक कार उत्पादन गर्न सोनी र होन्डाबीच सहकार्य भएको थियो। यी दुई कम्पनीले सानै होन्डा मोबिलिटीको नाममा सहकार्य गरेका हुन्।
दुई कम्पनीले सोनी होन्डा ईभी सन् २०२६ देखि बजारमा उपलब्ध हुने घोषणा गरेका हुन्। अनलाइन प्रि अर्डर अमेरिका र जापानका ग्राहकका लागि सन् २०२५ देखि खुलाउने कम्पनीको योजना छ।
नयाँ सोनी होन्डा इलेक्ट्रिक कार प्रिमियम हुने रिपोर्टमा उल्लेख छ। सोनीले कारका लागि आवश्यक सफ्टवेयर प्रणाली उपलब्ध गराउने छ।
‘सुरक्षित ड्राइभिङ टेक्नोलोजीको विकास जारी रहनेछ र ड्राइभ गर्न आवश्यक एकाग्रताको आवश्यकता कम हुनेछ। हामीले केबिन स्पेसमा रमाइलो गर्न र समय बिताउने नयाँ तरिकाहरु विचार गर्नुपर्छ,’ सोनी होन्डा मोबिलिटीका अध्यक्ष इजुमी कावानिशीले भने।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार