यी हुन् विश्वका शीर्ष १० ईभी ब्याट्री उत्पादक

  • Technology Khabar | २६ आश्विन २०७९, बुधबार
यी हुन् विश्वका शीर्ष १० ईभी ब्याट्री उत्पादक

काठमाडौं ।

ग्लोबल इलेक्ट्रिक सवारी (ईभी) ब्याट्री बजार १७ मिलियन अमेरिकी डलरबाट सन् २०१९ र २०२८ बीचमा ९५ मिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यातायात क्षेत्रलाई डिकार्बोनाइज गर्नका लागि ईभी ब्याट्रीको माग बढ्दो क्रममा छ।

अमेरिका र युरोपेली मुलुकहरुले ब्याट्रीको घरेलु उत्पादन बढाउन प्रयास गरे पनि विश्वव्यापी रुपमा अझै पनि एशियाली आपूर्तिकर्ताहरुको प्रभुत्व कायम छ।

विश्वका शीर्ष १० ईभी ब्याट्री उत्पादकहरु सबै एशियाली कम्पनीहरु रहेका छन्।

ईभी ब्याट्रीमा चिनियाँ कम्पनीहरुको बजार हिस्सा ५६ प्रतिशत रहेको ब्लूमबर्गले उल्लेख गरेको छ। दक्षिण कोरियाली कम्पनीको २६ र जापनीज कम्पनीले ईभी ब्याट्री बजारको १० प्रतिशत हिस्सा ओगटेका छन्। बाँकी ४ प्रतिशत अन्य मुलुकको रहेको छ।

अग्रणी ब्याट्री आपूर्तिकर्ता सीएटीएलले आफ्नो बजार हिस्सा २०२१ मा ३२ प्रतिशतबाट २०२२ मा ३४ प्रतिशतमा विस्तार गरेको छ। विश्वको एक तिहाई ईभी ब्याट्री चिनियाँ कम्पनीहरुले आपूर्ति गर्छन्। सीएटीएलले टेस्ला, प्यूजो, हुन्डाई, होन्डा, बीएमडब्ल्यू, टोयोटा, फक्सवागन र भोल्भो लगायत कम्पनीहरुलाई लिथियम आयन ब्याट्री आपूर्ति गर्ने गरेको छ।

शीर्ष १० ईभी ब्याट्री उत्पादक

अमेरिकामा ब्याट्रीमा आगलागी हुने घटना बढेसँगै छानबिनको सामना गर्नु पर्दा पनि एलजी इनर्जी सलुसन दोस्रो ठूलो ब्याट्री आपूर्तिकर्ता बनेको छ। सन् २०२१ मा दक्षिण कोरियाली आपूर्तिकर्ताले खराब ब्याट्रीबाट आगलागीको जोखिमका कारण रिकल गरिएका १४३,००० चेवी बोल्ट ईभीका लागि १.९ बिलियन अमेरिकी डलर फिर्ता गर्न सहमत भएको थियो।

अर्को चिनियाँ कम्पनी बीवाईडी तेस्रो ठूलो ईभी ब्याट्री आपूर्तिकर्ता बनेको छ। यस अघि तेस्रो स्थानमा जापानी कम्पनी पानासोनिक रहेको थियो।

प्रकाशित: २६ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बाढीको सूचना दिन मर्स्याङ्दीमा साइरन

  • Technology Khabar
  • २६ आश्विन २०७९, बुधबार