चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौं ।

स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीयरुपमा मूल्य छुट गरेको छ।

चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जनरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ। आशा छ यसअफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्नेछ।”

यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको पोको एम ५ मा रु.५०० सम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। सिमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गतेसम्म लागु हुने जनाएको छ।

 

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...