विद्युत शुल्क अनलाइनमार्फत बिहान १० देखि राति १२ बजेसम्म भुक्तानी सुबिधा, शनिवारको काउन्टर बन्द

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
विद्युत शुल्क अनलाइनमार्फत बिहान १० देखि राति १२ बजेसम्म भुक्तानी सुबिधा, शनिवारको काउन्टर बन्द

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले अनलाइन पेमेन्टको सेवा शुरु भएसँगै शनिवारको काउन्टर बन्द गरेको छ। हाल विभिन्न सेवा प्रदायक कम्पनीहरू मार्फत पनि हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन पेमेन्टको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि अनलाइन पेमेन्टको सुविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्द्रहरूमा विद्युत उपभोक्ताहरूले विद्युत महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबारका दिनहरूमा विद्युत महसुल सङ्कलन काउन्टर सञ्चालन गर्दै आएको छ।

अब भने अनलाइन पेमेन्टको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था भएसँगै त्यस्ता काउन्टर कात्तिक १ गतेदेखि बन्द हुने भएको छ।

“हाल विभिन्न सेवा प्रदायक कम्पनीहरू मार्फत पनि हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन पेमेन्टको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हुँदा यसअघि अनलाइन पेमेन्टको सुविधा नभएको अवस्थामा यस प्राधिकरणका केही वितरण केन्द्रहरूमा विद्युत उपभोक्ताहरूले विद्युत महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबारका दिनहरूमा सञ्चालन गरिँदै आएको विद्युत महसुल सङ्कलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले मिति २०७९।०६।११ को निर्णयानुसार मिति २०७९ कात्तिक १ गतेदेखि लागू हुनेगरी शनिबार सञ्चालन हुँदै आएको महसुल सङ्कलन काउन्टर बन्द हुने,” सूचनामा भनिएको छ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...