ऊर्जा ब्याट्रीले राष्ट्रिय सुरक्षा बढाउने बेलायतको भनाई

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
ऊर्जा ब्याट्रीले राष्ट्रिय सुरक्षा बढाउने बेलायतको भनाई

काठमाडौं ।

ऊर्जा ब्याट्री बलियो पार्दा राष्ट्रिय सुरक्षा बढाउने बेलायत रक्षा मन्त्रालयले जनाएको छ।

पोल्याण्डसँग हालै गरेको सुरक्षा सहमतिमा युके मिनिष्ट्री अफ डिफेन्सले आफ्नो राष्ट्रिय सुरक्षा बढाउन ऊर्जा ब्याट्रीको आवश्कता भएको जनाएको छ।

रक्षा उद्योगको सबैभन्दा महत्वपूर्ण वस्तुहरू मध्ये एक, रोयल एयर फोर्समा ऊर्जा आवश्यकताहरू लिथियम–आयन ब्याट्री उत्पादन सुविधाको साथ पूरा हुने जनाइएको छ।

यसले लगभग १.५ बिलियन पाउण्ड स्ट्रलिङमा ऊर्जा ब्याट्रि उत्पादन गर्ने कम्पनीको लगानीमा स्थापना भएको मिनिष्ट्रि अफ डिफेन्ले उल्लेख गरेको छ।

कारखानाले बेलायतको रोयल एयर फोर्सको रेडियो, नाइट भिजन प्रणाली, मिक्सर प्रणाली, एन्टी–ट्याङ्क प्रणाली र माइन स्वीपिङ-बम नष्ट गर्न प्रयोग हुने रोबोटिक प्रणालीका ब्याट्रीहरू, मिसाइल र मार्गदर्शन किटहरू जस्ता क्षेत्रमा करिब ४०० प्रकारका ऊर्जा ब्याट्रीहरू उत्पादन गर्ने जनाएको छ।

ऊर्जा ब्याट्री उत्पादन गर्ने कारखाना एक रणनीतिक सुविधा भएको र ब्याट्रीको महत्वपूर्ण आवश्यकता राष्ट्रिय सुरक्षाका लागि आवश्यक परेकाले पोल्याण्डलाई समेत सो सुविधा उपलब्ध गराउने रोयल एयर फोर्स युकेले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...