भारतबाट पाकिस्तानमा व्यापार सार्ने दाबी गलत भएको शाओमीको भनाई

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
भारतबाट पाकिस्तानमा व्यापार सार्ने दाबी गलत भएको शाओमीको भनाई

काठमाडौं ।

चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो व्यवसाय भारतबाट पाकिस्तानमा सार्ने अनुमानलाई खण्डन गरेको छ। एक ट्वीटमा, भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले भारतमा यसको ६७ मिलियन डलर भन्दा बढी सम्पत्ति जफत गरेपछि कम्पनीले त्यसो गर्न सक्ने दाबी गरिएको थियो।

शाओमीलाई विदेशी विनिमय व्यवस्थापन ऐन (फेमा) नियम उल्लङ्घन गरेको आरोप लगाइएको छ।

शाउथ एशिया इन्डेक्सद्वारा गत बिहीबार एक ट्वीटमा, कम्पनीको सम्पत्ति केन्द्र सरकारले जफत गरेछि शाओमीले आफ्नो व्यापार पाकिस्तानमा लैजान सक्ने दावी गरिएको थियो।

यसको जवाफमा, शाओमीले यो दाबी “पूर्ण रूपमा झुटो र गलत” भएको भन्यो। कम्पनीले सरकारको मेक इन इण्डिया अभियानमा भाग लिएको र यसका स्मार्टफोन र टेलिभिजन मोडलको झण्डै ९९ प्रतिशत भारतमा एसेम्बल भएको बताएको छ। गत हप्ताको सुरुमा, शाओमीको सम्पत्ति जफत विरुद्धको अपील कर्नाटक उच्च अदालतले खारेज गर्यो।

रोयल्टी तिर्नका लागि कम्पनीले अवैध रूपमा विदेशमा पैसा पठाएको ईडीको आरोप छ । गत हप्ता, एक पुनरावेदन अधिकारीले ईडीलाई सम्पत्ति जफत गर्न अनुमति दिएको थियो। यद्यपि, शाओमीले कुनै पनि गलत काम भएको अस्वीकार गरेको छ।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...