पब्जी मोबाइल प्रो लिग फाइनल, पहिलो दिन नेपाली टिम हाई भोल्टेजको उत्कृष्ट शुरुवात

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
पब्जी मोबाइल प्रो लिग फाइनल, पहिलो दिन नेपाली टिम हाई भोल्टेजको उत्कृष्ट शुरुवात

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको फाइनल चरणको पहिलो दिनको खेलमा नेपाली टिम हाई भोल्टेजले उत्कृष्ट शुरुवात गरेको छ। शुक्रबारदेखि शुरु भएको फाइनल चरणको पहिलो दिनको खेलमा सर्वाधिक अंक प्राप्त गर्न सफल भएको छ।

पहिलो दिन हाई भोल्टेज चिकेन डिनर लिनबाट बञ्चित भए पनि उत्कृष्ट खेलको नमूना प्रस्तुत गर्न सफल भएको छ। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका कारण फाइनलको पहिलो दिन हाई भोल्टेज अंक तालिकको शीर्ष स्थानमा आउनबाट रोकिएको हो।

हाई भोल्टेजले शुक्रबार ४८ प्लेसमेन्ट प्वाइन्ट र ३८ इलिमिनेसन प्वाइट प्राप्त गरेको छ। लिग चरणका खेलका आधारमा जम्मा ५५ बोनस प्वाइन्ट प्राप्त गरेकाले पहिलो दिनको ६ खेल सकिँदा हाई भोल्टेज १४१ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ।

लिग चरणमा हाई भोल्टेजभन्दा १२ अंक बढी बोनस प्राप्त गरेको मंगोलियाको आईएचसी ईस्पोर्टस् शीर्ष स्थानमा रहेको छ। आईएचसीले फाइनल चरणमा उत्कृष्ट शुरुवात गरेको थियो। पहिलो ३ खेलमै चिकेन डिनर हासिल गर्दै ७५ अंक प्राप्त गरेको थियो। तर अन्तिम तीन खेल खराब हुँदा आईएचसीले अंक तालिकामा ठूलो अग्रता हासिल गर्न सकेन। आईएचसीले पहिलो दिन ४५ प्लेसमेन्ट प्वाइन्ट, ३७ इलिमिनेसन प्वाइन्ट र ६७ बोनस प्वाइन्टसहित १४९ अंक प्राप्त गरेको छ।

तेस्रोे स्थानमा मंगोलियाको डीई वारियर रहेको छ। डीई वारियले समान २८/२८ प्लेसमेन्ट र इलिमिनेसन प्वाइन्ट र ६५ बोनस प्वाइन्टसहित १२१ अंक प्राप्त गरेको छ।

फाइनल खेल असोज १४ देखि १६ गतेसम्म हुनेछ। फाइनल चरणमा कुल १८ खेल खेलिनेछ। प्रत्येक दिन ६ ओटा खेल हुनेछ।

फाइनलमा नेपालका १० टिमसहित मंगोलियाको ४ र बंगलादेशको २ टिमले उपाधीका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

फाइनलमा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।

फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।

अंक तालिका

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार