
काठमाडौं ।
साझा यातायातको ३७ ओटा बिजुली बस नेपाल हिडेको छ। साझा यातायातले आज ट्वीट मार्फत ३७ ओटा बिजुली बस चीनको न्यान्जिङ शहरबाट कोदारी राजमार्ग हुँदै काठमाडौंको यात्रा शुरु गरेको जानकारी दिएको छ।
यस अघि साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले टेक्नोलोजीखबरसँग कुराकानी गर्दै बिजुली बस तिहार अघिसम्म नेपाल आइपुग्ने बताएका थिए।
साझा यातायातले २०७७ चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो।
साझालाई विद्युतीय बस बिक्री गर्नका लागि ९ ओटा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेका थिए। तीमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनी छनोट भएको थियो।
कम्पनीबाट उत्पादित ३ ओटा विद्युतीय बस परिक्षणका लागि गत असारमा नेपाल भित्रिएका थिए। सफल परिक्षण पश्चात हाल यी बस काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका छन्। अपांगमैत्री रहेकाले सबैलाई सहज भएको साझा यातायातको भनाई छ।
४० वटा विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४५ करोड रुपैयाँ लागेको छ।
कोदारी हुँदै न्यान्जिङ्ग–काठमाण्डौं यात्रा शुरु, साझा यातायातका ३७ बिजुली बस @ Sajha Yatayat's 37 CHTC EV departing Nanjing manufacturing plant for Kathmandu via Kodari-Zhangmu landport.#मर्यादितयात्रा #DignifiedPublicTransport pic.twitter.com/hx0G11dVvs
— Sajha Yatayat (@SajhaYatayat) September 30, 2022
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार