
काठमाडौं ।
भोटोभेल्ट मोबिलिटीले भारतमा अर्बन ईबाइक सार्वजनिक गरेको छ। कम्पनीले इलेक्ट्रिक बाइक ५० हजार भारु (एक्स शोरुम) मूल्यमा सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
बाइक सार्वजनिकसँगै कम्पनीले बुकिङ पनि शुरु गरेको छ। मोटोभोल्ट अर्बन ईबाइक कम्पनीको वेबसाइट तथा भारतमा रहेका १०० डिलरशिपबाट बुकिङ गर्न सकिन्छ।
रेञ्ज
मोटोभोल्ट अर्बन ईबाइकले फुल चार्जमा १२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा बीआईएस प्रमाणित लिथियम आयन ब्याट्री र वाटरप्रूफ मोटर दिइएको छ। बाइकमा रिमूवेबल ब्याट्री दिइएकाले यसलाई बाहिर निकालेर पनि चार्ज गर्न सकिन्छ।
विभिन्न राईडिङ मोडमा उपलब्ध ईबाइमा ह्यान्डल लक, डिजिटल डिस्प्लेलगायत फिचर छ। कम्पनीले ईबाइकका साथ इन्टिग्रेटेड स्मार्टफोन एप पनि लन्च गरिएको छ। बाइकको सबै गतिविधि स्मार्टफोनमा अलर्टको रुपमा प्राप्त हुन्छ।
प्याडल सिस्टम
कम्पनीले अर्बन ईबाइमा प्याडल असिस्ट सिस्टम दिइएको छ। यो सिस्टम बाइको ब्याट्री बचाउन र ब्याट्रीलाई डिस्चार्ज भएको खण्डमा प्याडल प्रयोग गरेर बाइकको रेञ्ज बढाउन सकिन्छ। ईबाइमा इलेक्ट्रिक मोटर र प्याडल दुवैले एक साथ काम गर्न र ब्याट्रीको बचत हुन्छ।
ब्याट्री पूर्ण रुपमा डिस्चार्ज भएको खण्डमा प्याडल प्रयोग गरेर पनि चलाउन सकिन्छ। शहरको ट्राफिकमा चलाउन सजिलो होस् भनेर कम्पनीले ईबाइक आरामदायक र हलुको बनाएको छ। मोटोभोल्ट अर्बन ईबाइक कलेज तथा स्कुलका विद्यार्थीका लागि उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीको विश्वास छ।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार