शाओमी डीएसएलआर जस्तै स्मार्टफोन क्यामरा सिस्टममा काम गर्दै

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
शाओमी डीएसएलआर जस्तै स्मार्टफोन क्यामरा सिस्टममा काम गर्दै

काठमाडौं ।

शाओमीका स्मार्टफोनमा डीएसएलआर जस्तै क्यामरा उपलब्ध हुने भएको छ। शाओमीले डीएसएलआर जस्तै क्यामरा जुम सिस्टमका लागि भर्खरै पेटेन्ट दर्ता गराएको गिजचाइनाले उल्लेख गरेको छ।

यसका लागि शाओमीले कडा मेहनत गरिरहेको छ।

एक लिक पोस्टका अनुसार कम्पनीले शाओमी १२ टी सिरिज र अन्य उत्पादनहरु अक्टोबर ४ मा सार्वजनिक गर्नेछ।

यसैबीच कम्पनीले आकर्षक क्यामरा सिस्टममा काम गरिरहेको छ। यो जानकारी चर्चित लिकर डिजिट च्याट स्टेशनबाट आएको हो।

धेरैजस्तो आधुनिक समार्टफोनहरुमा मल्टीपल क्यामरा सेटअपमा आउने गर्छन्। यसले ह्यान्डसेटहरुलाई विभिन्न फोकल लेन्थहरु प्रदान गर्न सक्षम बनाउँछ।

शाओमीको क्यामरा पेटेन्टले ठूलो सिंगल क्यामरा सेन्सरका साथ परिवर्तन हुने फोकल लेन्थ भएको पुष्टी गर्छ। क्यामरा लेन्स ठूलो हुँदा ब्याट्रीका लागि थोरै ठाउँ उपलब्ध हुन्छ। फोनमा कुनै टेलिफोटो वा अल्ट्रावाइड क्यामरा हुनेछैन। डीसीएसले सेयर गरेको तस्बिर अनुसार स्मार्टफोनमामा सिंगल रियर माउन्ट क्यामरा हुनेछ। यद्यिपि यो केबल प्लेसहोल्डर तस्बिर हो। तस्बिरले परिवर्तन हुने फोकल लेन्थ साथ ठूलो क्यामरा सेन्सर देखाउँदैन। यो वास्तविक क्यामार जस्तै फिजिकल्ली सार्न सकिन्छ।

शाओमीलाई डीएसएलआर जस्तै क्यामरा जुम प्रणाली लागू गर्न केबल एउटा क्यामरा सेन्सर आवश्यक पर्छ। शाओमीले यस्तो सेन्सर प्रयोग गरेरमा स्मार्टफोनका लागि गेम चेन्जर हुन सक्छ। यो विचारका साथ आउने शाओमी पहिलो स्मार्टफोन उत्पादक भने नभएको गिजचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार