चिनियाँ अटोमोबाइल निर्यातको अगस्टमा नयाँ रेकर्ड कायम

  • Technology Khabar | १० आश्विन २०७९, सोमबार
चिनियाँ अटोमोबाइल निर्यातको अगस्टमा नयाँ रेकर्ड कायम

काठमाडौं ।

अगस्टमा चीनको अटोमोबाइल निर्यातले नयाँ रेकर्ड तोड्दै ३ लाख नाघेको छ।

चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनको तथ्यांकअनुसार अगस्टमा ३ लाख ८ हजार कार निर्यात भएको थियो। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढी हो।

चालु वर्षको पहिलो महिना जनवरीलाई नै आर्थिक वर्षको शुरुवात मान्ने चीनले सन् २०२२ को पहिलो ८ महिनामा वार्षिक ५२ दशमलव ८ प्रतिशतले वृद्धि भई अटोमोबाइल निकासी १ लाख ८१ हजार पुगेको हो।

नयाँ ऊर्जा वाहन विद्युतिय अटोमोबाइलले निर्यातको विश्वभर सबैको उल्लेखनीय ध्यान खिच्यो।

१ महिना अघि अगस्टमा नयाँ ऊर्जा सवारी साधनको निर्यात द्रुत वृद्धिको प्रवृत्ति देखाउँदै अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८२.३ प्रतिशतले वृद्धि भई ८३ हजार युनिट पुगेको छ।

पहिलो ८ महिनामा नयाँ ऊर्जा सवारी साधनको निर्यात ९७.४ प्रतिशतले बढेर ३ लाख ४० हजार युनिट पुगेको चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले प्रस्तुत गरेको तत्थ्यांकमा उल्लेख छ।

चीनको कुल अटोमोबाइल निर्यातमा नयाँ ऊर्जा सवारी साधनको निर्यातको योगदान दर २६.७ प्रतिशत रहेको छ।

चीनका वाणिज्य उपमन्त्री ली फेईले यस विषयमा मूल्याङ्कन गर्दै चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनलाई भने, “हालका वर्षहरूमा चीनको अटोमोटिभ उद्योग, विशेष गरी नयाँ ऊर्जा वाहन क्षेत्रको तीव्र विकास भइरहेको छ र यसको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता पनि बढेको छ।”

उनले नयाँ ऊर्जा सवारी साधनको निर्यात वार्षिक आधारमा ९० प्रतिशतभन्दा बढीले बढ्नु खुसीको कुरा रहेकोले वैदेशिक व्यापारको एउटा उज्यालो स्थान बनाएकोमा आफू लगायत सरकार, राष्ट्रपतिसँगै सर्वसाधारमा पनि हौसला बढेको ठोकुवा गरे।

विदेशी बजारहरूमा नयाँ ऊर्जा वाहन निर्माताहरूको प्रवेशलाई गति दिन प्रोत्साहन सहित थप नयाँ उपायहरू बढाउने चीनले अपेक्षा समेत गरेको छ।
चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनको प्रतिवेदन अनुसार चीनमा बनेका १० हजार विद्युतीय सवारीसाधन युरोप पुगेका छन्।

चिनियाँ साइक मोटरद्वारा उत्पादित सवारीसाधनहरू विश्व बजारका लागि ८० भन्दा बढी देशहरूमा बिक्री हुने अपेक्षा गरिएको छ।

सांघाईमा टेस्लाको कारखानाको वार्षिक उत्पादन क्षमता ७५० एक्सजार एकाइहरू नाघेको छ।

संयुक्त राज्य अमेरिका बाहिर टेस्लाको पहिलो कारखाना र गिगाफ्याक्ट्री भनिने यो सुविधामा गत वर्षको पहिलो आधामा करिब ३ लाख कार उत्पादन भएको थियो।

प्रकाशित: १० आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार