
काठमाडौं ।
नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को ट्रफी राजकुमार कार्कीले उचालेका छन्।
सातदाबाटोमा शनिबार सम्पन्न १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा आशिक लामा दोस्रो तथा अजय तामाङ तेस्रो भए।
नेपाल अटोमोबाईल्स एसोसिएसन(नासा नेपाल) मा आबद्ध क्लबमोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोक प्रिय बाइक रेसिङमा ४८ जनाले प्रतिस्पधा गरेका थिए।
यामाहा मोटरसाइकल मुख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई तथा नासा नेपालका पदाधिकारी र मोरङ अटो वर्कसका अधिकारीहरुले पुरस्कार वितरण गरेका थिए।
विश्वकै लोकप्रिय मानिएको मोटरसाईकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो। विश्व मोटरसाईकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाईक्लीजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमा क्रियाशिल छन्।
प्रकाशित: १० आश्विन २०७९, सोमबार