हाम्रो बजारले दशैंलाई लक्षित गर्दै सेकेन्ड–ह्यान्ड कार मेला

  • Technology Khabar | ८ आश्विन २०७९, शनिबार
हाम्रो बजारले दशैंलाई लक्षित गर्दै सेकेन्ड–ह्यान्ड कार मेला

काठमाडौं ।

दशैंको अवसरमा हाम्रो बजारले हालसम्मकै सबैभन्दा ठूलो सेकेन्ड–ह्यान्ड कार मेला गर्ने भएको छ।

मेलामा इच्छुकले ग्राहकले एकै ठाउँमा सेकेन्ड ह्यान्ड–कारहरू किन्न, बेच्न वा साट्न सक्छन्।

कार्निभल दरबारमार्गको अन्नपूर्ण होटलमा हुन हाम्रो बजारले जनाएको छ।
हाम्रो बजार एप भएका सबै ग्राहकले कार्निभलमा निःशुल्क प्रवेश पाउनेछन् । मिति भने खुलाएको छैन।

ग्राहकले हाम्रो बजार सेलेक्टमा रहेका तीन सयभन्दा बढी दक्ष प्राविधिकद्वारा प्रमाणित सेकेन्ड–ह्यान्ड कारहरू मध्येबाट रोज्न पाउने छन्।

हाम्रो बजार सेलेक्टमा रहेका सम्पूर्ण गाडीहरू ह्यान्डपिक्ड र दक्ष प्राविधिकद्वारा निरीक्षण गरेपछि मात्र बिक्रीका लागि राखिने हुनाले ग्राहकहरूले कार्निभलमा उपलब्ध कुनै पनि कारहरू ढुक्कसँग खरिद गर्न सक्नेछन्।

साथै कार्निभलमा इच्छुक ग्राहकहरूले गाडी खरिदका लागि फाइनान्सिङका सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

साथै कार्निभलमा विभिन्न खानेकुरा र पेय पदार्थ स्टलहरू, सांगीतिक प्रस्तुति, स्ट्यान्ड–अप शो र अन्य रमाइलो गतिविधिहरू पनि समावेश गरिनेछ।

यो सबै रमाइलोसँगै कार्यक्रममा केही भाग्यशाली सहभागीहरूले हरेक दिन विभिन्न उपहार पनि जित्न सक्नेछन्।

यो कार्निभल मार्फत हाम्रोबजारले आफ्ना ग्राहकहरूका लागि प्रामाणित सेकेन्ड–ह्यान्ड कारहरू सजिलैसँग खोज्न र खरिद गर्न मिल्ने नेपालकै सबैभन्दा ठूलो अटो शोको परिकल्पना गरेको छ।

प्रकाशित: ८ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...