झापामा बायोग्यास प्लान्ट सञ्चालनमा आउँदै

  • Technology Khabar | ३१ भाद्र २०७९, शुक्रबार
झापामा बायोग्यास प्लान्ट सञ्चालनमा आउँदै

काठमाडौं ।

झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट सञ्चालनमा आउने भएको छ।

बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएकोले आगामी मङ्सिरदेखि सञ्चालनमा आउने नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ।
ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ।

कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो।

कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ। जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्ने कम्पनीको ठहर छ।

प्लान्टबाट कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुनेछ।

१४ करोड रुपैयाँको लागतमा कुहिने फोहर व्यवस्थापन गर्नुका साथै नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी २४ करोड रुपैयाँको लागतमा काम भइरहेको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार