सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकामध्ये विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र बुझाउन मंसिर १४ गतेसम्मको समय पाउने भएका छन्।
केन्द्रले गत २०८३ असोज २९ गते प्रकाशित विज्ञापनअनुसार आवेदन दिएका उम्मेदवारलाई समकक्षता प्रमाणपत्र पेस गर्न समय दिएको हो। केन्द्रले जारी गरेको सूचनाअनुसार सम्बन्धित उम्मेदवारले मंसिर १४ गते सोमबार दिउँसो ४ बजेसम्म समकक्षता प्रमाणपत्र पेस गर्न सक्नेछन्। यसका लागि विज्ञापन प्रकाशित भएको मितिदेखि कुल ४६ दिनको समय दिइएको केन्द्रले जनाएको छ।
उम्मेदवारले केन्द्रको वेबसाइट sdoc.gov.np/track मा गई आफ्नो आवेदनको विवरण हेर्न सक्नेछन्। आवेदन दिँदा प्रयोग गरेको इमेलमार्फत लगइन गरी समकक्षता प्रमाणपत्रको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ।
यसअघि समकक्षता प्रमाणपत्र पेस गरिसकेका उम्मेदवारले पनि अन्तिम मितिसम्म आफ्नो आवेदन जाँच गर्न र आवश्यक परे प्रमाणपत्र परिवर्तन गर्न सक्ने सूचनामा उल्लेख छ। केन्द्रले तोकिएको समयभित्र प्रमाणपत्र पेस गर्न सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छ।