अष्ट्रेलियाले पारित गर्यो साइबर सुरक्षा कानुन, प्रविधि कम्पनीलाई अर्बौ जरिवाना हुन सक्ने
काठमाडौं ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले साइबर सुरक्षा कानुनअनुसार अनलाइनमा प्रयोगकर्तालाई हानिकारक सामग्रीबाट सुरक्षित राख्न असफल भए प्रविधि क्षेत्रका ठूला कम्पनी अर्बौ डलर जरिवाना तिर्न पर्ने हुन सक्ने बताएका छन्।
सामाजिक सञ्जाल प्लेटर्फम एक्समा पोस्ट गर्दै उनले यस कानुनलाई बालबालिकाको सुरक्षा गर्ने र अनलाइनमा प्रयोगकर्तालाई थप विकल्प दिने कानुनका रुपमा ब्याख्या गरेका हुन्।
स्वतन्त्र सिनेटर फातिमा पेम्यानले आफुले विद्येयकको पक्षमा मतदान गरेको बताएकी छन्। उक्त विद्येयकले प्रयोगकर्तालाई आफ्नो सामाजिक संजालको एल्गोरिदममाथि बढी नियन्त्रण दिने र प्रविधि कम्पनीलाई उनीहरुले देखाउने सामग्रीप्रति जवाफदेहि बनाउने लक्ष्य राखेको छ। विद्येयकका केहि प्रावधान भने अत्यन्तै अस्पष्ट रहेको उनको भनाइ छ।
पेम्यानले जोखिमबाट बच्न खोज्ने कम्पनीहरुले रिक्स पोस्टसमेत हटाउन सक्ने चेतावनी दिएकी छन्।
टेलिग्राफका अनुसार, डिजीटल ड्युटि अफ केयर ऐनअन्तर्गत गुगल, टिकटक र मेटाजस्ता कम्पनीले डिजिटल दाइत्व सम्बन्धी कानुन उल्लङ्घन गरेमा उनीहरुको विश्वब्यापी आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना हुन सक्नेछ।
यो जरिवाना सरकारले सुरुमा प्रस्ताव गरेको प्रत्येक उल्लङ्घनबापत अधिकतम १० करोड ९२ लाख अष्टे«लियन डलर (७ करोड २३ लाख अमेरिकी डलर) जरिवाना भन्दा बढी हो।
अष्ट्रेलियाका लागि अमेरिकि राजदुत डेभिड ब्राटले मंगलबार सामाजिक संजाल एक्समार्फत यस कानुनको आलोचना गरेका थिए। उनले अस्पष्ट रुपमा भनेका छन् क्षती र विश्वब्यापी आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्ने ब्यवस्थाले सामाजिक संजाल प्लेटफर्महरुलाई कानुनी रुपमा नियन्त्रण गर्न बाध्य पार्ने छ।
उनले भनेका छन्, ‘अष्ट्रेलियाको सबैभन्दा ठूलो विदेशी लगानीकर्ता अमेरिकाले प्रतिस्पर्धी कम्पनीहरुमाथि असमान रुपमा बढी अनुपातको भार पर्ने नियमप्रति चिन्ता व्यक्त गरेको छ।’
यस विधेयकले प्रविधि कम्पनीहरुलाई बालबालिकामाथि हुने साइबरबुलि, महिलामाथिहुने हिंसा तथा खानपान सम्बन्धी खराब प्रोत्साहन गर्ने सामग्रीहरु विरुद्ध रोकथामका उपाय अपनाउन अनिवार्य गर्नेछ।
१६ वर्ष वा त्यो भन्दा बढी उमेरका अष्ट्रेलियाली नागरिकले एल्गोरिदममा आधारित फिड बन्द गर्न सक्नेछन्।
यो कानुन अष्ट्रेलियाले १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक संजाल प्रयोग गर्न प्रतिबन्ध लगाएको एतिहासिक निर्णय पछि आएको हो।