जीएम क्रूजले लागत घटाउन आफ्नै सेल्फ ड्राइभिङ चिप प्रयोग गर्ने

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार

काठमाडौं ।

जीएम क्रूजले आफै सेल्फ ड्राइभिङ चिप प्रयोग गर्ने भएको छ। जीएम क्रूज डिभिजनले सेल्फ ड्राइभिङ सवारीलाई शक्ति दिने चिपहरुको लागि तेस्रो पक्ष निर्माताहरुमा भर नपर्ने भएको छ। यसका लागि कम्पनीले आफै चिप निर्माण गरेको इनग्याजेडले उल्लेख गरेको छ।

कम्पनीका हार्डवेयर इन्जिनियरिङका उपाध्यक्ष कार्ल जेनकिन्सले तेस्रो कम्पनीसँग चिप खरिद गर्दा लागत उच्च पर्न गएकाले त्यसलाई कटौती गर्न कम्पनीले यस्तो कदम चालिएको बताए।

‘दुई वर्ष पहिले हामीले एक चर्चित विक्रेताबाट जीपीयूका लागि धेरै पैसा तिरिरहेका थियौं,’ उनले भने। ठूलो परिमाणमा अटोनोमस सवारी साधनहरु उत्पदान नगरिएकाले कम्पनीले मूल्यका सम्बन्धमा धेरै वार्तालाप नगरेको उनले स्वीकार गरे।

टेक्नोलोजी अझै पनि यसको प्रयोगात्मक चरणहरूमा छ। र यो भर्खरै ड्राइभरलेस सवारीहरूको लागि चार्ज गर्न अनुमति प्राप्त गर्ने पहिलो कम्पनी बनेको छ। यसको सञ्चालनहरू सीमित छन्।

टेस्ला, एप्पल र फक्सवागन लगायत कम्पनीले पहिले देखिनै आफ्नै चिप प्रयोग गर्दै आइरहेको छन्। यसमा जीएम पनि थपिएको छ।

जेनकिन्सका अनुसार क्रूजले ४ ओटा चिपहरु विकास गरिसकेको छ। यसमा हार्टाबाट शुरु हुँदै गाडीको मुख्य डिजाइन रहेको छ। ड्युनले सेन्सरबाट डाटा प्रशोधन गर्नेछ भने अर्को चिपले रडारबाट जानकारी प्रशोधन गर्नेछ। अर्को चिप अर्को मितिमा घोषणा गरिनेछ।

यी कम्पोनेन्टहरुले सन् २०२० मा घोषणा गरिएको सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार क्रूज ओरिजिनलाई पावर दिनेछ। क्रूज ओरिजिनलमा कुै स्टेयरिङ ह्वील वा पेडल हुनेछैन। यसको सट्टमा चार ओटा सिटहरु एकअर्का तर्फ फर्किएका छन्।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया