म्युजिक व्यवसाय बेचेर सोनीले रुस छोड्यो

  • Technology Khabar | २९ भाद्र २०७९, बुधबार
म्युजिक व्यवसाय बेचेर सोनीले रुस छोड्यो

काठमाडौं ।

विश्वको ठूलो संगीत प्रकाशक सोनी म्युजिकले रुस छाड्ने भएको छ। सोनी म्युजिकले रुस छाड्ने निर्णय गरेको गिजचाइनाले उल्लेख गरेको छ।

साथै कम्पनीले आफ्नो व्यवसाय रुसी प्रतिनिधि कार्यालयका पूर्व निर्देशक अरिना दिमित्रीभालाई हस्तान्तरण गर्नेछ।

मूख्य कम्पनीले उनीहरुसँग अन्तर्राष्ट्रिय कलाकारहरुको रचनाहरु वितरण गर्ने अधिकार लिएको छ। अब धेरै ट्रयाकहरु स्ट्रिमिङ प्लेटफर्मबाट चाँडै हट्ने छन्।

सोनी म्युजिक सहित युनिभर्सल म्युजिक र वार्नर म्युजिक ग्रुप विश्वका शीर्ष ३ रेकर्डिङ कम्पनीहरुमध्ये एक हो। कम्पनीले सन् १९९९ मा रुपमा आफ्नो म्युजिक डिभिजन खोलेको थियो। तत्कालिन समयदेखि कम्पनीले रुपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ।

रिपोर्ट अनुसार रुसको रेकर्डिङ बजारमा सोनी म्युजिकले १५ देखि २० प्रतिशत हिस्सा ओगटेको छ।

सन् २०२१ मा सोनी म्युजिक इन्टरटेनमेन्टको राजश्व ४२.७ मिलियन अमेरिकी डलर थियो। जसमा खुद नाफा २.२२ मिलियन अमेरिकी डलर रहेको छ।

सोनीले रुपमा अन्तर्राष्ट्रिय कलाकारहरुको रचनाहरु मात्र वितरण गर्दैन थियो। रुसी संगीतकारहरु पनि उत्पादन गरिरहेको थियो। सोनीको रुसी संगित क्षेत्रमा ठूलो योग्दान रहेको छ।

सोनीबाट म्युजिक व्यवसाय प्राप्त गरेपछि अरिना दिमित्रीभाको कम्पनीले सोनीले सम्झौता गरेका रुसी कलाकारहरुको संगितलाई भुक्तानी गर्नेछ।
रुसी प्रयोगकर्ताहरुले अब यानडेकस डट म्यूजिक, साउण्ड र भीके म्यूजिक मार्फत विदेशी कलाकारहरु सुन्न सक्षम हुने छैनन्। ती कलाकारहरुमा द बिटल्स, पिंक फ्लोयड, एल्विस प्रेस्ली र अन्य समावेश छन्।

प्रकाशित: २९ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार