
काठमाडौं ।
ओलाका सीईओ भाविश अग्रवालले इलेक्ट्रिक कारको झलक देखाउँदै २०२४ सम्म बजारमा ल्याउने बताएका छन्। ओला इलेक्ट्रिक कारको झलक १५ अगष्टमा पनि देखाइएको थियो। तर यो पटक कारको डिजाइन कसरी तयार गरिएको छ भनेर देखाइएको छ।
ओला इलेक्ट्रिक कारको डिजाइन असली दुनियाँमा कसरी ल्याइएको भन्ने पनि देख्न सकिन्छ। यसको डिजाइनमा सानो भन्दा सानो जानकारी ध्यानमा राखिएर तयार गरिएको छ। जसमा अघि तथा पछिल्लो लाइन पनि रहेको छ। साथै डिजाइनमा इलेक्ट्रिक कारको रुफको एक झलक पनि देखाइएको छ।
यो कम्पनीको इलेक्ट्रिक कारको कन्सेप्ट भर्सन हो। जसलाई अर्को वर्ष प्रोडक्सन मोडलमा लगिनेछ। हालसम्म ओला इलेक्ट्रिक कार आफ्नो शुरुवाती चरणमा छ। अहिलेसम्म टेस्टिङ लगायतका काम शुरु भएको छैन।
ओलाका सीईओ भाविश अग्रवालले मिडियासँगको कुराकानीमा इलेक्ट्रिक कार प्रिमियम हुने बताएका थिए। ओला इलेक्ट्रिक कारको मूल्य ५० लाख भारुसम्म हुने अनुमान गरिएको छ। उनले आगामी केही महिनामा यस प्रिमियम कार संसारको अघि पेश गर्ने बताएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। साथै उनले ओला प्रिमियम इलेक्ट्रिक कारका साथै बजेट इलेक्ट्रिक कारमा पनि ध्यान दिइरहेको छ।
ओलाको इलेक्ट्रिक कारले फुल चार्जमा ५०० किलोमिटरको रेञ्ज प्रदान गर्ने भाविशको दाबी छ। यस इलेक्ट्रिक कार ० देखि १०० किलोमिटर प्रति घण्टाको गति केबल ४ सेकेन्डमा पकड्न सक्षम छ। ओला इलेक्ट्रिक कार एक आकर्षक सेडान हुनेछ।
ओला इलेक्ट्रिक यस कारमा कूपे डिजाइन दिएको छ। यसमा स्लोपिङ रुफ पाउन सकिन्छ। जुन पछिल्लो हिस्सामा स्लोप बन्दै बूट स्पेसमा मिल्छ। यसका साथै कारको फ्रन्ट लुक धेरै शार्प र स्पार्टी छ। यसमा एलईडी हेडलाइट र टेल लाइटका साथै फ्रन्टमा स्ट्राइप एल्ईडी डीआरएल लाइट दिइएको छ।
जसले दुवै हेडलाइटलाई एउटा एलईडी लाइनका माध्यमबाट जोड्छ। हेडलाइटमा ‘यू’ आकारको एलईडी डीआरएल पनि दिइएको छ।
ओला इलेक्ट्रिक कारमा पोप आउट होर ह्यान्डल र ट्रान्सपेरेन्ट रुफटप पनि दिइनेछ।
प्रकाशित: २५ भाद्र २०७९, शनिबार