गिलीका सीईओ स्याटेलाइट सेवा सपोर्टसहितको स्मार्टफोन ल्याउने योजनामा

  • Technology Khabar | २३ भाद्र २०७९, बिहीबार
गिलीका सीईओ स्याटेलाइट सेवा सपोर्टसहितको स्मार्टफोन ल्याउने योजनामा

काठमाडौं ।

मेईजूको अधिकांश शेयर लिएको अटो कम्पनी गिलीका अध्यक्षले आफ्ना मोबाइलहरुमा सिधै स्याटेलाइट कनेक्सन दिने घोषणा गरेका छन्। जसअनुसार मेइजूका उच्चस्तरका फोनहरुमा लीयो स्याटेलाइट कनेक्सन हुनेछ।

गिलीका अध्यक्ष तथा सीईओ एरिक लीले गत वर्ष सेप्टेम्बरमा नयाँ कम्पनी स्थापना गरेका थिए। कम्पनी फाइलिङअनुसार जिङ्गजी टेक्नोलोजीको प्राथमिक ध्यान हाई एण्ड मोबाइल फोन,आर एण्ड डी, स्मार्ट वेयरेबल टेक्नोलोजी र पारिस्थितिक निर्माण हो।

यस वर्षको जुलाईमा, जिङ्गजी र मेईजू मिलेर हुबेई जिङ्गजी मेईजु होल्डिङ कम्पनी स्थापना गरेका थिए। जसमा जिङ्गजीले समस्याग्रस्त फोन निर्माताको ७९ प्रतिशत भन्दा बढी हिस्सेदारी लिएर एउटा नयाँ उद्यम स्थापना गरिएको थियो।

अब कम्पनीले लो-अर्थ अर्बिट (लीयो) स्याटेलाइट कम्युनिकेशन टेक्नोलोजीलाई प्रवर्द्धन गर्न थाल्ने घोषणा गर्यो। यो महत्वाकांक्षी र अप्रत्याशित तर एकै समयमा यो भविष्यको कम्स समाधानहरूको लागि स्पष्ट दिशा हो। त्यसपछि कम्पनीले विश्वको पहिलो उपभोक्ता-ग्रेड स्मार्टफोन सीधै लीयो स्याटेलाइटहरुसँग कनेक्ट गर्ने घोषणा गरेको छ।

यो टी मोबाइल र स्टारलिंकले भर्खरै घोषणा गरेको जस्तै सेवा हुन सक्छ वा नयाँ मार्केटिङ लेबलको साथ पनि उस्तै कुरा हुन सक्छ।

जिङ्गजी टेक्नोलोजीका सीईओ वाङ योङले प्रस्तावित सेवाको बारेमा थप विवरण दिएका छन्। उत्पादन अर्को वर्ष लन्च हुने अपेक्षा गरिएको छ र यसले “मल्टिमोडल बायोनिक इन्टर्याक्टिभ डिजाइन” नामक नयाँ अन्तरक्रियात्मक डिजाइन ल्याउनेछ।

कम्पनीले लीयो स्याटेलाइटहरू मार्फत ५जी र एनएफसीमार्फत सिधै कनेक्ट भएका स्मार्टफोनहरूको कनेक्सन कहिल्यै नछुटाउनको लागि विश्वव्यापी कभरेजको लागि प्रविधि प्रस्ताव गरेको छ।

वाङले भने, ‘लीयो स्याटेलाइटहरूले पूर्ण परिदृश्य सेवाहरूको लागि व्यापक कभरेज, उच्च गति र कम विलम्बता स्थिर जडान प्रदान गर्न सक्छ।’

अर्को वर्षदेखि, आगामी एन्ड्रोइड १४ मा चल्ने सबै उपकरणहरूले प्रत्यक्ष स्याटेलाइट कनेक्सनहरूको फाइदा लिन सक्षम हुने बताईएको छ।

प्रकाशित: २३ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • २३ भाद्र २०७९, बिहीबार
Desktop Popup ImageMobile Popup Image×