गुगलले दक्षिण अफ्रिकामा डाटा सेन्टर स्थापना गर्ने

  • Technology Khabar | २२ भाद्र २०७९, बुधबार
गुगलले दक्षिण अफ्रिकामा डाटा सेन्टर स्थापना गर्ने

काठमाडौं ।

गुगलले दक्षिण अफ्रिकामा डाटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ।

दक्षिण अफ्रिकामा हुने डाटा सेन्टरसहित यसले मध्यमदेखि दीर्घकालीन क्लाउड पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको आईटीवेबले रिपोर्ट गरेको छ।

गुगलका अनुसार स्थानीय डाटा सेन्टर क्षेत्रले गुगल क्लाउडका ग्राहकहरू र महाद्वीपका घरेलु डाटालाई समर्थन गर्नेछ।

गुगल साउथ अफ्रिकाका कन्ट्री डाइरेक्टर एलिस्टेयर मोकोएनाले देशमा पूर्वाधार क्षेत्र खोल्नु भनेको अफ्रिकालाई डिजिटलाइज गर्ने कम्पनीको फराकिलो दृष्टिकोणको हिस्सा भएको बताएका छन्।

प्रकाशित: २२ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...