आईओएस १२ मा नयाँ अपडेट, पुराना आईफोन र आईप्याडको सुरक्षा कमजोरीलाई समाधान गर्ने

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
आईओएस १२ मा नयाँ अपडेट, पुराना आईफोन र आईप्याडको सुरक्षा कमजोरीलाई समाधान गर्ने

काठमाडौं ।

एप्पलले हालै आफ्ना पुराना आईफोनहरुको लागि एक दूर्लभ आईओएस १२ अपडेट जारी गरेको छ। यो आईओएस १२ अपडेट पुराना आईफोनहरु र आईप्याडहरुमा देखिएको सुरक्षा कमजोरीलाई समाधान गर्ने गरी ल्याईएको हो।

पछिल्लो अपडेटको लगभग एक वर्षपछि, एप्पलले बुधबार आईओएस १२ को नयाँ संस्करण जारी गरेको छ, जसको अर्थ ओएसको नयाँ संस्करणहरूमा भर्खरै भेटिएको सुरक्षा कमजोरीलाई समाधान गर्ने प्याच रहेको छ।

यदि तपाइँ अझै पनि आईफोन ५एस, आईफोन ६ वा आईफोन ६ प्लस प्रयोग गर्दै हुनुहुन्छ भने यो अपडेट तपाईँको लागि आएको छ। एप्पलले स्पष्ट रूपमा आफ्नो पुरानो सफ्टवेयरको लागि सुरक्षा अपडेटहरू जारी गर्दैन, त्यसैले यो गम्भीर इस्यू भएको हुँदा कम्पनीले नयाँ अपडेट ल्याएको द भर्जले उल्लेख गरेको छ।

आईओएस १२.५.६ द्वारा समाधान गरिएको कमजोरी भनेको यदि तपाईंले सफारी वा अर्को ब्राउजरमा खोल्नुभयो भने तपाईंको फोनमा खराब वेबसाइटलाई अनचेक कोड चलाउन दिन सक्छ। अझ के छ, एप्पलले संसारमा कसैले यसलाई दूरुपयोगमा प्रयोग गर्न प्रयास गर्ने संभावना रहेको बताएको छ।

यसमा आईओएस १५ मा भएको जस्तै सुरक्षा समाधानहरु रहेको बताईएको छ। यसअघि एप्पलका पुराना आईफोन तथा आईप्याडहरुमा वेबकिट भन्ने समस्या देखिएको थियो।

कम्पनीले आईओएस १२ प्रयोग गर्ने सबै प्रयोगकर्ताहरुलाई तत्काल यो अपडेट गर्न सुझाव दिएको छ।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार