हुन्डाईको पहिलो हाइड्रोज विद्युतीय ट्रक जर्मनी पुग्यो

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
हुन्डाईको पहिलो हाइड्रोज विद्युतीय ट्रक जर्मनी पुग्यो

काठमाडौं ।

हुन्डाईले आफ्नो पहिलो हाइड्रोजन इन्धन सेल विद्युतीय ट्रक सार्वजनिक गरेको छ। हुन्डाईले हाइलेनका लागि आफ्नो पहिलो हाइड्रोजन कमर्शियल गाडी जर्मनी आइपुगेको घोषणा गरेको फुल्ली लोडेडले लेखेको छ।

हाइलेन जर्मन बीमा कम्पनी डीईभीकेको सहायक कम्पनीको हो। हुन्डाईसँगको साझेदारीमा हाइलेनले ट्रकहरु प्रयोग गर्न शुरु गरेको हो।

‘पहिलो सिरिज-उत्पादन ट्रकहरूले हुन्डाईसँग दीर्घकालीन सहयोगको आधार बनाउँछ। जसलाई हामी अबदेखि निरन्तर विस्तार गर्नेछौं।’ हाइलेनका प्रबन्ध निर्देशक सारा शिफर भन्छिन्।

‘हामीले गाडीहरू प्रति किलोमिटर एक निश्चित मूल्यमा भाडामा दिन्छौं। हाम्रा ग्राहकहरूलाई उनीहरूको आवश्यकता अनुसार र थोरै जोखिममा ट्रकहरू प्रयोग गर्न अनुमति दिँदै जाने छौं,’ उनले थपिनन्।

यी हाइड्रोजन ट्रकहरूको आगमन जर्मन गतिशीलताको इतिहासमा एक कोसेढुङ्गा हो किनभने ट्रकहरूमा भारी सडक यातायातलाई डेकार्बोनाइज गर्ने क्षमता छ।

हुन्डाई हाइड्रोजन मोबिलिटी सीओओ डेनियल केलर र मुख्य रणनीति अधिकारी होजुन सुह जर्मनीमा पहिलो ग्राहकलाई हस्तान्तरण गर्न ब्रेमरहेभन गएका छन्।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार