इलेक्ट्रिक सवारी साधन मोबाइल फोनभन्दा छिटो चार्ज हुने!

  • Technology Khabar | १४ भाद्र २०७९, मंगलवार
इलेक्ट्रिक सवारी साधन मोबाइल फोनभन्दा छिटो चार्ज हुने!

काठमाडौं ।

लामो सडक यात्रा गर्नेहरुको पहिलो प्राथमिकतामा इलेक्ट्रिक कार पर्ने गरेको छैन। उनीहरुको पहिलो प्राथमिकतामा फोसिल फ्यूलबाट चल्ने कार नै हुन्छ। पेट्रोलियम कारले फूल ट्याकमा सामान्यता ६५० किलोमिटर भन्दा बढी माइलेज दिन्छ भने केही मिनेट मै फेरी फुल ट्याक गर्न सकिन्छ।

विद्युतीय सवारीले फुल चार्जमा औसत ३२० देखि ५०० किलोमिटरको रेञ्ज प्रदान गर्छन्। फेरी चार्ज गर्न कम्तीमा १५ देखि ३० मिनेट लाग्छ। पेट्रोल पम्प जस्तो विद्युतीय सवारी चार्जिङ स्टेशन सर्व सुलभ उपलब्ध पनि छैन।

विद्युतीय सवारी साधन चार्ज गर्न लाग्ने समय र चार्जिङ स्टेशनको असज उपलब्धता विद्युतीय सवारी उत्पादकको मुख्य चुनौतीको रुपमा देखिएको छ। यसले गर्दा पनि परम्परागत सवारी प्रयोग गर्दै आएका ग्राहक विद्युतीय सवारीमा सिफ्ट हुन इच्छुक देखिने गरेका छैनन्।

गत हप्ता जारी गरिएको एक रिपोर्टअनुसार अमेरिकी सरकारी अनुसन्धानकर्ताहरुले इलेक्ट्रिक कारको ब्याट्री १० मिनेटमा ९० प्रतिशतसम्म चार्ज गर्ने तरिका पत्ता लगाएको बताएको स्टफले उल्लेख गरेको छ।

यो विधि बजारमा सर्वसुलभ उपलब्ध हुन केही वर्ष लाग्ने वैज्ञानिकहरुको भनाइ छ। तर यो आधारभूत परिवर्तनका लागि महत्वपूर्ण उपलब्धि हो।
हाल कार निर्माताहरु र सार्वजनिक चार्जिङ स्टेशनहरुले विभिन्न प्रकारका चार्जर प्रयोग गर्छन्। जसले चार्ज समय फरक पर्ने गर्छ।

सबैभन्दा ढिलो स्तर १ चार्जरको रुपमा रहेको छ। जसको मद्दतबाट ४० देखि ५० घण्टामा इलेक्ट्रिक सवारीको ब्याट्री चार्ज हुने अमेरिकी यातायात विभागले भनेको छ।

डीसी (डाइरेक्ट करेन्ट) फास्ट चार्जिङबाट २० मिनेटदेखि १ घण्टामा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ।

टेस्लाको सुपरचार्जर नेटवर्कले १५ मिनेटमा ३२० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। तर यसले प्रयोग गर्ने उपकरणले अमेरिकाका अन्य इलेक्ट्रिक सवारी साधनको पहुँचमा छैन। तर यो वर्ष टेस्लाले आफ्नो सुपरचार्जिङ अन्य विद्युतीय सवारीले पनि प्रयोग गर्न सक्ने घोषणा गरेको छ।

तर विद्युतीय सवारीसाधनलाई सुपरचार्ज गर्ने दौडले विगत एक दशकदेखि अवरोधहरु सामना गर्नु परेको छ। विद्यूतीइ सवारी छिट्टो चार्ज गर्दा ब्याट्रीमा नेक्सान पुग्ने, आयू घट्ने र क्षमतामा कमी आउने गरेका छन्।

‘नयाँ विधिले १० मिनेटमा ९० प्रतिशतसम्म इलेक्ट्रिक गाडीको ब्याट्री चार्ज गर्न सक्छ,’ अमेरिकी ऊर्जा विभागद्वारा सञ्चालित इडाडो राष्ट्रिय प्रयोगशालका अध्ययन प्रमुख तथा वैज्ञानिक एरि डुफेकले भने, ‘यसले अझ राम्रो गर्न सक्ने आशा गर्न सकिन्छ।’

अगामी ५ वर्षमा प्रति मिनेट ब्याट्री चार्जबाट ३० किलोमिटर रेञ्ज प्राप्त गर्ने चार्ज गर्ने प्रविधिको खोजमा डुफेकको टिम रहेको छ।

यो लक्ष्य प्राप्त हुनेमा डुफेक आशावादी देख्छिन्।

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...