क्यालिफोर्नियामा सन् २०३५ देखि पेट्रोल सवारी साधनहरुको बिक्रीमा रोक

  • Technology Khabar | १२ भाद्र २०७९, आईतवार
क्यालिफोर्नियामा सन् २०३५ देखि पेट्रोल सवारी साधनहरुको बिक्रीमा रोक

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्निया राज्यले सन् २०३५ देखि डिजेल पेट्रोलको सवारी साधनहरुको बिक्रीमा रोक लगाउने घोषणा गरेको छ।

क्यालिफोर्नियाले अमेरिकाको संघीय सरकारले भन्दा अगाडी नै डिजेल–पेट्रोलबाट चल्ने सवारी बिक्रीमा रोक लगाउने भएको हो। यसले स्वच्छ इन्धनमा आधारित गाडीहरु उत्पादन गर्नेलाई प्रोत्साहन हुने बीबीसीले रिपोर्ट गरेको छ।

सन् २०३५ देखि क्यालिफोर्नियामा विद्युतबाट चल्ने सवारी मात्रै बिक्री गर्न पाइनेछ।

क्यालिफोर्निया अमेरिकाको सबैभन्दा जनसंख्या भएको राज्य र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो। क्यालिफोर्निया एयर रिसोर्स बोर्डद्वारा जारी नियमहरू अन्तर्गत, सन् २०२६ देखि क्यालिफोर्नियामा बिक्ने ३५ प्रतिशत सवारी साधन विद्युतबाट चल्ने हुनेछ। यस्तै, सन् २०३० मा बिक्ने ६८ प्रतिशत सवारी विद्युत्बाट चल्नेछन् भने २०३५ देखि शतप्रतिशत सवारी विद्युतबाट चल्ने मात्रै हुने भएको छ।

राज्यका गभर्नर गेभिन न्यूजमले २०२० मा जीवाश्म ईन्धनबाट शिफ्ट परिवर्तनलाई गति दिने लक्ष्य राखेपछि यो आएको हो।

क्यालिफोर्निया एयर रिसोर्स बोर्ड अध्यक्ष लेन रान्डोल्फले यो कदम क्यालिफोर्नियाका लागि, साझेदार राज्यहरू र विश्वका लागि शून्य उत्सर्जन भविष्यतर्फको बाटो तय गरेको ऐतिहासिक क्षण भएको बताए।

प्रकाशित: १२ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...