
काठमाडौं ।
विलासी सवारी निर्माता मर्सिडीज बेन्जले भारतमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। कम्पनीले २०२२ को अन्त्यसम्म भारतमा १४० वटा फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ।
यस विषयमा कम्पनीको आधिकारीक घोषणा इलेक्ट्रिक फ्ल्यागसिप एएमजी ईक्यूएस ५३ ४मटिकप्लस सार्वजनिक दौरान गरिएको कारवालेले लेखेको छ।
१४० फास्ट चार्जिङ स्टेशनमा ३ ओटा फरक एसी र डीसी इलेक्ट्रिक सवारी चार्जिङ प्वाइन्ट हुनेछ।
मर्सिडीज बेन्जले २२ किलोवाट एसी चार्जर १०० यूनिट, ६० किलोवाट डीसी फास्ट चार्ज २० यूनिट र १८० किलोवाट र्यापिड ईभी चार्जिङ पोइन्टका २ यूनिट स्थापना गरिनेछ। कम्पनीले यसमा आफ्ना ग्राहकका लागि एक वर्षसम्म निःशुल्क ईभी चार्जिङ सेवा प्रदान गर्नेछ।
यसबाहेक, मर्सिडीज र यसका फ्रेन्चाइज साझेदारहरुले भारतमा इलेक्ट्रिक सवारी चार्जिङ पूर्वाधारका निर्माण गर्न करिब १५ करोड भारु लगानी गर्नेछन्। मर्सिडिजले सन् २०२२ सम्ममा भारतमा ३ ओटा विद्युतीय मोडल सार्वजनिक गर्ने योजना बनाएको छ।
कम्पनील गत अगष्ट २४ मा एएमजी ईक्यूएस ५३ मटिकप्लस सार्वजनिक गरिसकेको छ। अन्य दुई मोडलहरुमा ईक्यूएस ५८० ४मटिक र ईक्यूबी एसयूभी छन्। कम्पनीले सन् २०२५ सम्म भारतमा कुल बिक्री हुने इलेक्ट्रिक कारमध्ये आफ्नो हिस्सा २५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
प्रकाशित: १२ भाद्र २०७९, आईतवार