संगीतको माग बढ्दा नयाँ रेकर्डरको उत्पादन

  • Technology Khabar | ५ भाद्र २०७९, आईतवार
संगीतको माग बढ्दा नयाँ रेकर्डरको उत्पादन

काठमाडौं ।

पछिल्लो समय विनाइल (संगीत) रेकर्डरको माग बढ्दै गएको छ।

कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म विनाइल उद्योगमा रेकर्ड गर्नका लागि करिब एक वर्ष कुर्नुपर्ने बाध्यता भएको बीबीसीले जनाएको छ।

विश्वव्यापी रूपमा एल्बमहरूको लागि अहिले माग बढ्दै गएको एक अध्ययनले देखाएको छ। कोरोना महामारि (कोभिड १९) मा भएको विश्वव्यापि लकडाउनले संगीतको माग हुदै गएको हो। यो माग ३० वर्षयताकै सबैभन्दा धेरै हो।

सन् १९८० को दशकमा अधिकांश रेकर्ड कम्पनीलाई भ्याइनभ्याई हुन्थ्यो। मानसिक सन्तुलनका लागि पनि संगीत महत्वपूर्ण भएकाले नयाँ नयाँ गीत तथा एल्बमहरूको खोजी लकडाउन यता बढ्दै गएको हो।

आइन्डहोभनमा रहेको ग्रीन विनाइल रेकर्ड्सका मालिक हार्म थ्युनिसेले यो उद्योगको लागि “नयाँ मानक” भएको विश्वास गर्छन्।

उनको टोलीले रेकडिङको माग बढ्दै जादा नयाँ र ठूला–ठूला प्रेसिङ मेसिनको विकास गरेको भएको दाबी गरे।

जसले सामान्य विनाइल उत्पादनको तुलनामा ९०% कम ऊर्जा प्रयोग गर्छ, र जुन वास्तविक समयमा अनुगमन गर्न सकिन्छ।

“यो मेसिनले परम्परागत विधीभन्दा लगभग ४०% बढी क्षमताको छ।” थ्युनिसेले भने।

ग्रीनपीसका अनुसार आइन्डहोभनको मेसिन पोलिभिनाइल क्लोराइड विनाइल नै भनेर चिनाइएको छ।

विनाइलको विश्वव्यापी माग हाल प्रति वर्ष लगभग ७०० मिलियन रेकर्डको लागि रहेको छ। कोविड महामारीको समयमा आपूर्तिमा समस्या भएको थियो।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार