
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो अपरेटिङ सिस्टम कलरओएस १३ को नयाँ संस्करण विश्वव्यापी रुपमा सार्वजनिक गरेको छ । एन्ड्रोइड १३ को लागि कम्पनीको नयाँ अपरेटिङ सिस्टम ल्याइएको छ। यसमा धेरै रमाइलो र उपयोगी सुविधाहरू यसमा थपिएको छ।
कम्पनीले कलरओएस १३ लाई सपोर्ट गर्ने डिभाइसहरूको सूची पनि ल्याएको छ। कम्पनीले केही दिन अघि नै यस अपरेटिङ सिस्टमको बिटा टेस्टिङ सुरु गरेको खबर पनि आएको छ। यो अनुमान गरिएको छ कि कलरओएस १३ लाई सबैभन्दा पहिले यो महिना ओप्पो फाइण्ड एक्स ५ र फाइण्ड एक्स ५ प्रो स्मार्टफोनहरूको लागि रोल आउट गरिनेछ।
कलरओएस १३को सुविधाहरू
ओप्पोको यो नयाँ अपरेटिङ सिस्टम नयाँ अवतारमा लन्च गरिएको छ, यसमा एक्वामोर्फिक डिजाइन र नयाँ फन्ट दिइएको छ। कलरओएस १३ मा, पढ्ने क्षमतामा सुधारसँगै नोटिफिकेसन र विजेटको लेआउटमा परिवर्तनहरू ल्याइएको छ।
कम्पनीका अनुसार यसमा ब्याट्री लाइफमा पनि सुधार गरिएको छ । यस अपरेटिङ सिस्टममा अलवेज अन डिस्प्ले जस्ता सुविधाहरूको नयाँ शृङ्खला पनि समावेश गरिएको छ। कलरओएस १३ मा प्रयोगकर्ताहरूले स्थिर र सहज अनुभव पाउने कम्पनीले दाबी गरेको छ।
कम्पनीले यसलाई तीन चरणमा सबै डिभाइसहरुमा उपलब्ध गराउने योजना लिएको देखिन्छ।अगस्टमा नै पहिलो चरणका डिभाइसलाई अपडेट उपलब्ध हुनेछ भने सबैभन्दा अन्तिम सन् २०२३मा डिभाइसले कलरओएस १३ पाउनेछन्।
प्रकाशित: ५ भाद्र २०७९, आईतवार