सूचना प्रविधि विज्ञ रेगबहादुर भण्डारी लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
सूचना प्रविधि विज्ञ रेगबहादुर भण्डारी लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

काठमाडौं ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्ट्रारमा सूचना प्रविधि विज्ञ रेगबहादुर भण्डारीलाई नियुक्त भएका छन्।

लुम्बिनी प्रदेश सरकारले हाल मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत भण्डारीलाई विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरेको हो।

विश्वविद्यालयको उपकुलपतिमा यसअघि नै डा. विनोद ढकाललाई नियुक्त गरिसकिएको र रजिष्ट्रारमा हालै भण्डारीलाई नियुक्त गरिएको हो।

लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सञ्चालन गर्ने तयारी गरेको र सोही अनुसार पदाधिकारी नियुक्ति गरिएको प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

हाल नियुक्त गरिएका पदाधिकारी ४ वर्षका लागि नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

सूचना प्रविधि विज्ञ भण्डारी लुम्बिनी प्रदेशको सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानमा कार्यकारी निर्देशक समेत भईसकेका छन्।

उनीसँग सानोठिमी क्याम्पसमा आईसीटी शिक्षाको प्रमुख र खुला र दूर शिक्षा कार्यक्रमको संयोजकको रूपमा काम गरेको अनुभव समेत रहेको छ भने हाल क्यानको कार्यसमितिमा समेत रहेका छन्।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार