रेडमी रेडमी के५० अल्ट्रा स्मार्टफोन रिब्राण्ड गरेर लन्च हुँदै

  • Technology Khabar | २९ श्रावण २०७९, आईतवार
रेडमी रेडमी के५० अल्ट्रा स्मार्टफोन रिब्राण्ड गरेर लन्च हुँदै

काठमाडौं ।

रेडमी के फिफ्टी अल्ट्रा चाँडै नै रिब्रान्ड गरेर लन्च हुँदैछ। विश्वभर रेडमी के ५० अल्ट्रा स्मार्टफोन, शाओमी १२ टी प्रोको रूपमा छिट्टै लन्च हुन लागेको हो।

चीनको स्मार्टफोन रेडमी विश्वभर चर्चित नाम हो। गत हप्ता रेडमी के फिफ्टी अल्ट्राले रेडमी ११ स्मार्टफोन ल्याउने मिति समेत लम्ब्याएको छ।

रेडमीका फ्यानहरु व्यग्रताका साथ नयाँ स्मार्टफोनको प्रतिक्षामा रहेका बेला कम्पनी नै रिब्राण्ड गर्दै शाओमी १२ टी प्रो हुने भएपछि रेडमी ११ के नाममा आउँछ भन्ने कौतुहलतामा छन्।

तर रिब्राण्डसँगै कम्पनीले शाओमी १२ टी प्रोले शाओमी मिक्स फोल्ड टू नयाँ स्मार्टफोन समेत सार्वजनिक गर्दैछ। ६.६७ इन्चको एमोलेड डिस्प्लेसँगै शाओमी मिक्स फोल्ड टूको १.५ के रिजोल्युसन, १२० रिफ्रेस रेट र डल्बी भिजन समेत रहेको गीज्मोचाइनाले जनाएको छ।

यो स्न्यापड्रागन ८ प्लस जेन वान प्रोसेसरद्वारा सञ्चालित छ। जसमा १२ जीबीसम्मको एलपीडीडीआर फाइभ र्याम र ५१२ जीबीसम्मको युएफएस ३.१ भण्डारण रहेको छ। कम्पनीले यसको मुल्य सार्वजनिक हुने दिनमै जानकारी दिने जनाएको छ।

विगत लामो समयदेखि नयाँ स्मार्टफोन रेडमी ११ फाइभजी सिरिजमा काम गरिरहेसँगै रिब्राण्डको तयारीमा रहेको खुलासा भएको हो।

प्रकाशित: २९ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ श्रावण २०७९, आईतवार