अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युट्युब र टिकटक प्रतियोगितामा अभ्यास र काजोल भए प्रथम

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार

काठमाडौं ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले गरेको युट्युब प्रतियोगितामा कास्कीका अभ्यास राज चालिसे प्रथम भएका छन्।

यस्तै दोश्रो स्थान हासिल गर्ने सुनसरीका तिर्थराज विश्वकर्मा र तितृय स्थानमा कपिलवस्तुका सुनसरी खुमबहादुर सुनार रहेका छन्। प्रथम हुनेले ४० हजार रुपैया, दोस्रोले ३०, तेस्रोले २० र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

टिकटकमा काठमाडौंकी काजोल कार्की, दोश्रोमा नवलपरासी अश्विन परिवार, तेश्रोमा दाङ्गकी मनिषा परियार र शान्त्वना पुरस्कार पाउनेमा इलामका विनोद लोहार रहेका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले बिजयीलाई पुरस्कार दिदै बेरोजगार युवालाई स्वरोजगारमा लगाउन सरकार लागेको बताए।

अन्तरपुस्ताको ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रष्ट्रतबद्धता नारा रहेको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा पहिलो पटक नेपालमा युट्युब र टिकटक प्रतियोगिता भएको हो।

सर्जकले सामाजिक चेतनामूलक भिडियो निर्माण गरी युट्युब तथा टिकटकमा प्रशारण गरी प्रतियोगितामा सहभागी जनाएको राष्ट्रिय युवा परिषदले जनाएको छ।

युट्युब र टिकटक प्रतियोगिता प्रतियोगितासँगै गजल प्रतियोगितका बिजयी प्रथम हुनेमा डोटीका समिर ओझा, खोटाङका बिक्रम चेतनशील राई दोश्रो र तेश्रो स्थान हासिल गर्नेमा कास्कीका संयोग बस्याल र  झापाका सरु आचार्य चौथो भए।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...