सामाजिक सञ्जाल फेसबुकबाट जनै पूर्णिमा र रक्षा बन्धन शुभकामना होडबाजी

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
सामाजिक सञ्जाल फेसबुकबाट जनै पूर्णिमा र रक्षा बन्धन शुभकामना होडबाजी

काठमाडौं ।

आज शुक्रबार जनै पूर्णिमा अर्थात रक्षाबन्धन विश्वभरी मनाईदैछ। हिन्दू धर्मावलम्बीहरूको पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ।

विशेषत: नेपाल र भारतका हिन्दुहरूले मनाउने यो चाड विश्वका सबै देशमा रहेका नेपालीहरूले मनाइरहेका छन् ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ। यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेकाले अन्य मुलुक तथा नेपालकै अन्य क्षेत्रमा रहेकाहरूले फेसबुक, ट्वीटर, गुगलजस्ता सामाजिक सञ्जालबाट शुभकामना दिइरहेका छन्।

“शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ। यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन रहेको छ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यो पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा टाढा भएकाले सामाजिक सञ्जालको प्रयोगमा बढावा देखिएको हो।

नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँने गर्दछन्।
सामाजिक सञ्जाल फेसबुक, ट्युटरबाट शुभकामना दिनेको लहर चलेको छ ।

देश र विदेशका विभिन्न क्षेत्रबाट अधिकांशले सामाजिक सञ्जालमार्फत शुभकामना दिनेको होडबाजी चलेको हो।

सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा कतिले आफैँ, कतिले अरूको पोष्टमा आफूले जनै लगाउँदै गरेको, कतिले छोरी, बहिनीको गुन्हु पुन्ही गरेको शुभकामना दिँदै देखाएका छन्।

कतिपयका शुभचिन्तक र आफन्तले शुभकामना सहितको पोस्ट जारी गर्ने क्रमलाई निरन्तरता दिने गरेका छन् ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches Ncell Business Cloudsuite with web hosting and domain services

  • Technology Khabar
  • २७ श्रावण २०७९, शुक्रबार