
काठमाडौं ।
गुगलले स्मार्ट स्पिकर निर्माता सोनोस विरुद्ध पेटेन्टको मुद्दा हालेको छ।गुगलले आफ्ना केही स्मार्ट स्पिकर र भ्वाइस कन्ट्रोल टेक्नोलोजी पेटेन्टको उल्लङ्घन गरेको दाबी गर्दै सोनोस विरुद्ध नयाँ मुद्दा दायर गरेको छ।
द भर्जले रिपोर्ट गरेअनुसार क्यालिफोर्नियाको उत्तरी जिल्लाको लागि अमेरिकी जिल्ला अदालतमा दुईओटा मुद्दा दायर गरिएको छ।
गुगलले आगामी दिनहरूमा युएस इन्टरनेशनल ट्रेड कमिसनमा पनि यस्तै मुद्दा दायर गर्ने योजना बनाएको छ। जसले कुनै पनि सोनोस उत्पादनहरूको आयातमा प्रतिबन्ध लगाउने संभावना रहन्छ।
गुगलका प्रवक्ता जोसे कास्टानेडाले भने, “हाम्रो प्रविधिको रक्षा गर्न र सोनोसको स्पष्ट, हाम्रो पेटेन्टको निरन्तर उल्लंघनलाई चुनौती दिन मुद्दा दायर गरिएको छ।”
उता सोनोसले नयाँ मुद्दाहरूलाई “धम्की दिने युक्ति” को रूपमा चित्रण गरेको छ। कम्पनीले गुगलको एकाधिकारवादी अभ्यासहरू विरुद्ध बोलेकोमा सोनोस विरुद्ध बदला लिनका लागि मुद्दा हालिएको बताएको छ।
कानुनी झगडा २०२० मा सुरु भयो जब सोनोसले सुरुमा गुगललाई मल्टिरूम स्पिकर टेक्नोलोजीमा मुद्दा हालेको थियो।
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार