
काठमाडौं ।
टोयोटा मोटर कर्प र पानासोनिक कर्पको संयुक्त ब्याट्री उद्यमले आयोनियर लिमिटेडको र्योलाइट रिज माइनिङ्ग प्रोजेक्टबाट लिथियम खरिद गर्ने र संयुक्त राज्य अमेरिकामा विद्युतीय गाडीको ब्याट्री निर्माण गर्न धातु प्रयोग गर्ने भएका छन्।
आइतबार घोषणा गरिएको बाध्यकारी आपूर्ति सम्झौताअनुसार आयोनियरको लागि एक महिना भन्दा कम समयमा दोस्रो डिल हो र दशकहरूमा ब्याट्री धातुको पहिलो नयाँ अमेरिकी स्रोत हुन दौडिरहेको प्रोजेक्टमा विश्वासको बलियो मत भएको रोयटर्सले उल्लेख गरेको छ।
सम्झौताका सर्तहरू अन्तर्गत, आयोनियरले ब्याट्री बजारको अग्रणी कन्टेम्प्रोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल) सँग राम्रो प्रतिस्पर्धा गर्न टोयोटा र पानासोनिकले २०२० मा गठन गरेको प्राइम प्लानेट एनर्जी एण्ड सोलुसन (पीपीईएस) लाई पाँच वर्षका लागि वार्षिक ४,००० टन लिथियम कार्बोनेट आपूर्ति गर्नेछ।
आपूर्तिहरू २०२५ मा सुरु हुने भनिएको छ, एक समयरेखा जुन आयोनियरले लगानी र अनुमति प्राप्त गर्ने अवस्थामा निर्भर गर्दछ।
रिपोर्टकाअनुसार सम्झौतामा पीपीईएसको प्रतिबद्धता समावेश छ जसअनुसार आयोनियरको लिथियम अमेरिका भित्र इभी ब्याट्री पार्ट्स निर्माण गर्नको लागी अमेरिकी इभी बजारमा प्रयोग गरिनेछ।
जापानमा रहेको पीपीईएसले पश्चिमी उत्तरी क्यारोलिनामा ब्याट्री प्लान्ट बनाउने विचार गरिरहेको बताइएको छ।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार