ओला इलेक्ट्रिक तमिलनाडु प्लान्टको उत्पादन बन्द

  • Technology Khabar | १६ श्रावण २०७९, सोमबार
ओला इलेक्ट्रिक तमिलनाडु प्लान्टको उत्पादन बन्द

काठमाडौं ।

इलेक्ट्रिक सवारी निर्माता कम्पनी ओला इलेक्ट्रिकले भारत स्थित तमिलनाडु कृष्णागिरी प्लान्टको उत्पादन करिब एक हप्ता बन्द गरेको छ।

ड्राइभस्पार्कको गत शुक्रबार प्रकाशित गरेको रिपोर्ट अनुसार कम्पनीले वार्षिक मेनटेनेस र नयाँ मेसिन जडान कार्यका लागि प्लान्ट बन्द गरेको हो।

ड्राइभस्पार्कको रिपोर्टमा यस घटना सम्बन्धि जानकारी राख्ने मानिस उर्दित गर्दै इन्भेन्ट्री पिल अप उपकरणमा समस्या देखिएकाले प्लान्ट बन्द गरिएको हो।

रिपोर्टका अनुसार ओला इलेक्ट्रिकसँग उक्त प्लान्टमा करिब ४ हजार यूनिट्स ईस्कुटर रहेको छ। कम्पनीले यस प्लान्टलाई ‘फ्यूचर फ्याक्ट्री’ भन्ने गरेको छ। यसका साथै कयौं हजार यूनिट्स ग्राहकलाई शिप गर्ने चरणमा रहेको स्कुटरको गणना गरिएको छैन।

कम्पनी स्रोतका अनुसार २१ जुलाईमा फ्याक्ट्री बन्दा हुँदा कम्पनीबाट १०० यूनिट्स मात्र उत्पादन भएको थियो। ओला इलेक्ट्रिक तमिलनाडु प्लान्टको उत्पादन क्षमता ६०० यूनिट प्रति दिन रहेको छ।

यस प्लान्टबाट गत डिसेम्बरदेखि नियमित उत्पादन शुरु गरिएको थियो। यस प्लान्टबाट उत्पादन शुरु गरिएको करिब ८ महिना भएको छ।

‘अन्य अटो कम्पनीहरु जस्तै हामीले पनि वार्षिक मर्मत सम्भार गरेका हौं। यसलाई कुनै पनि हालतमा उत्पादन बन्द भएको मान्न सकिँदैन। तसर्थ (सूचना) असत्य भएको स्पष्ट गर्छु,’ ओला इलेक्ट्रिकको प्रवक्ताले बताएको ड्राइभस्पार्कले लेखेको छ।

कम्पनीले दैीनक उत्पादन तथा बुकिङ संख्याको सम्बन्धमा स्पष्टीकरण भने दिएको छैन। साथै मर्मतसम्भार अवधिको बारेमा पनि प्रष्ट रुपमा जानकारी दिइएको छैन।

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...