रुस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिरिने

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
रुस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिरिने

काठमाडौं ।

रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट बाहिरिने भएको छ। रुसले आईएसएसको सट्टा आफ्नै स्टेशन बनाउने बताएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिका र रुसले अन्य साझेदारहरुसँग मिलेर सन् १९९८ देखि आईएसएसमा सफलतापूर्वक काम गरेका छन्।

रुसले युक्रेनमा आक्रमणसँगै पश्चिमी मुलुकहरले रुस विरुद्ध प्रतिबन्ध लगाउका छन्। उक्त प्रतिबन्धका कारण रुसले परियोजना छोड्ने धम्की दिएपछि सम्बन्ध थप चिसिएको छ।

नासले रुससले कार्यक्रमबाट फिर्ता हुने मनसायको आधिकारिक सूचना हालसम्म पप्त नगरेको बताएको बीबीसले लेखेको छ।

आईएसएस पाँच अन्तिरिक्ष एजेन्सीहरु संलग्न संयुक्त परियोजना १९९८ देखि पृथ्वीको परिक्रममामा छ। आईएसएसबाट हजारौं वैज्ञानिक प्रयोगहरु सञ्चालन भइसकेका छन्।

यसलाई सन् २०२४ सम्म सञ्चालन गर्न स्वीकृति दिइएको छ। तर अमेरिकाले सबै साझेदारहरुको सहमतिमा यसलाई थप ६ वर्ष बढाउन चाहेको छ।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...