भुक्तानी सेवा प्रदायकले तोकेको लक्ष्य पुरा गरेनन्, मर्जरमा जोड दिँदै राष्ट्र बैंक

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
भुक्तानी सेवा प्रदायकले तोकेको लक्ष्य पुरा गरेनन्, मर्जरमा जोड दिँदै राष्ट्र बैंक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था जस्तै भुक्तानी सेवा प्रदायकहरुको पनि मर्जरमा जोड दिएको छ। वालेटहरुको संख्या अधिक भएको र धेरैले राष्ट्र बैंकले तोकेको लक्ष्य पुरा गर्न नसकेकाले मर्जरमा प्रोत्साहन गरिएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले गत वर्षदेखि नै भुक्तानी सेवा प्रदायको नयाँ लाइसेन्स दिन बन्न गरिएको भन्दै हालका कम्पनीलाई पनि व्यवस्थित गरिने बताए।

‘धेरै भुक्तानी सेवा प्रदायक संस्थाहरुले राष्ट्र बैंकले तोकेको लक्ष्य पुरा नगरेको देखिएको छ। उनीहरुलाई सजिलो बनाउन मर्जरमा जोड दिइएको हो,’ उनले भने, ‘यो विरोधाभाष हैन, सहजीकरण हो।’

यस्तै चालु आवको मौद्रिक नीतिमा मर्जरमा जाने भुक्तानी सेवा प्रदायकलाई नीतिगत सहुलियत दिने उल्लेख गरिएको छ।

‘भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने, यस्ता संस्थाहरुमा तोकिएको सीमासम्म वैदेशिक लगानी भित्र्याउने लगायत अनुमतिसम्बन्धी विद्यमान नीतिगत व्यवस्था पुनरावलोकन गरिनेछ’, मौद्रिक नीतिमा लेखिएको छ।

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • ६ श्रावण २०७९, शुक्रबार