स्टार्टअप कर्जा पहुँचका लागि राष्ट्र बैंकले अध्ययन गर्ने

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
स्टार्टअप कर्जा पहुँचका लागि राष्ट्र बैंकले अध्ययन गर्ने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पुर्नकर्जा तथा सहुलियत कर्जाका लागि अध्ययन गर्ने मौद्रिक नीतिले उल्लेख गरेको छ।

स्टार्टअप व्यवसायमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरुपहरु पियर टु पियर ल्याण्डिङ, क्राउण्डफण्डिङ सम्बन्धमा अध्ययन गर्ने गर्भनर महाप्रसाद अधिकारीले प्रतिबद्धता दिए।

आर्थिक वर्ष २०७९/८० मा उल्लेखित सहुलियतपूर्ण कर्जालाई स्वीकृत कार्यविधि बमोजिम कार्यान्यनका लागि पियर टु पियर र क्राउण्ड फण्डिङमा अध्ययन गर्ने भएका हुन्।

यसैबीच विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्दै लैजाने कार्यलाई निरन्तरता दिनुका साथै चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • ६ श्रावण २०७९, शुक्रबार