शाओमी १२एस अल्ट्रा चीनमा मात्र उपलब्ध हुने

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
शाओमी १२एस अल्ट्रा चीनमा मात्र उपलब्ध हुने

काठमाडौं ।

शाओमीले जुलाईको पहिलो साता शाओमी १२ लाइन अपको शाओमी १२एस अल्ट्रा चीनमा सार्वजनिक गरेको थियो। यो फोन शाओमी र लिका बीचको सहकार्यमा उत्पादन भएको हो।

शाओमी १२एस अल्ट्रा हाल बिक्रीका लागि चीनमा मात्र उपलब्ध छ। यसको विश्वव्यापी उपलब्धताको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

उक्त कुराको पुष्टि शाओमीका सीईओ लेइ जुनले गरेका छन्।

सीईओ लेइ जुन विवोमा शाओमी १२एस अल्ट्रा चीनमा मात्र बिक्री गरिने र चीन बाहिर खरिदका लागि उपलब्ध नहुने पुष्टि गरेका छन्। आगामी वर्ष उपलब्ध हुने नेक्स्ट जेनेरेसको मोडलहरु भने विश्वव्यापी बिक्रीका लागि उपलब्ध हुने उनले बताए।

शाओमी १२एस अल्ट्रामा ६.७३ इन्च एलटीपीओ २.० एएमओएलईडी डिस्प्ले छ जसमा २के रिजोल्युसन, १२० गिगाहर्ज रिफ्रेस रेट, १५०० निट पिक ब्राइटनेस र ५२१ पीपीआई पिक्सेल डेनसिटी छ।

क्वालकम स्न्यापड्रागन ८प्लस जेन १ प्रोसेसरद्वारा सञ्चालित फोनमा १२ जीब एलपीडीडीआर५ र्याम र ५१२ जीबी यूएफएस ३.१ स्टोरेज दिइएको छ।

स्मार्टफोनको पछाडि लिका सममाइक्रोन लेन्स प्रणाली दिइएको छ।

ट्रिपल क्यामरा सेटअपमा ५० मेगापिक्सलको सोनी आईएमएक्स९८९ प्राइमरी सेन्सर, ४८ मेगापिक्सल अल्ट्रा वाइड एंगल सेन्सर र ४८ मेगापिक्सलको टेलिफोटो लेन्स पाउन सकिन्छ।

अगाडि तर्फ सेल्फी र भिडियो कलिङका लागि ३२ मेगिपिक्सलको स्न्यापर दिइएको छ।

कम्पनीको आफ्नो एमआईयूआई १३ कस्टम इन्टरफेसमा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम दिइएको छ।

४८६० एमएएच ब्याट्रीले ६७ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। यस्तै ५० वाटको वायरलेस फास्ट चार्जिङ र १० वाटको रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार