
काठमाडौं ।
छिमेकी मुलुक भारतमा पछिल्लो ४ वर्षमा करिब साढे ३६ लाख साइबर हमला भएको छ।
भारतको केन्द्रीय गृह राज्य मन्त्री अजयकुमार मिश्राले सन् २०१९ देखि अहिलेसम्म ३६ लाख २९ हजार साइबर सुरक्षा सम्बन्धी घटना भएको जानकारी दिएको अमर उजालाले उल्लेख गरेको छ।
मिश्राले मंगलबार लोकसभामा एउटा लिखित प्रश्नको उत्तर दिँदै पछिल्लो ४ वर्षमा भारतमा साइबर सुरक्षा तोड्ने प्रयास ३६ लाख २९ हजार पटक भएको जानकारी दिएका हुन्।
सन् २०२१ मा सबैभन्दा धेरै पटक साइबर हमलाको प्रयास गरिएको थियो।
यो घटना सन् २०१९ देखि जुन २०२२ सम्मको भएको भारत सरकारले जानकारी दिएको छ।
मिश्राका अनुसार भारतीय कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिम (सर्ट–इन)को रिपोर्ट र ट्रायक गरिएको जानकारी अनुसार ३६ लाख २९ हजार साइबर सुरक्षाको घटना ट्रयाक गरिएको हो।
उनका अनुसार सन् २०१९ मा करिब ४ लाख, सन् २०२० मा १२ लाख, २०२१ मा १४ लाख र २०२२ को जूनसम्म ६.७४ लाख साइबर सुरक्षाको घटना ट्रयाक गरिएको छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार