भीसीटीएसको सहायतामा २७ व्यापारी पक्राउ, साढे ४४ करोड जरिवाना

  • Technology Khabar | ४ श्रावण २०७९, बुधबार
भीसीटीएसको सहायतामा २७ व्यापारी पक्राउ, साढे ४४ करोड जरिवाना

काठमाडौं ।

मालबस्तु तथा ढुवानी साधानको अनुमगन प्रणाली (भीसीटीएस) को सहायतामा राजश्व अनुन्धान विभागले कर छलि गर्ने २७ व्यापारीलाई समातेको छ। विभागले ती व्यापारीबाट विगोसहित ४४ करोड ३८ लाखभन्दा बढी असुल गर्नु पर्ने जनाएको छ।

राजस्व अनुसन्धान विभागले ती २७ जना व्यापारी विरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्धा दायर गर्दै उनीहरुलाई ६ महिनादेखि ५ वर्षसम्म कैद सजाय तोकिएको पर्ने माग गरेको छ ।

उनीहरुले झण्डै २२ करोड १९ लाख रुपैयाँभन्दा बढी रकम राजस्व छली गरेको आरोपमा अदालतमा मुद्धा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी दीपेश लेखकले जनाएका छन् । उनीहरुबाट विगो ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ असुल गर्नु पर्ने देखिएको विभागले जनाएको छ ।

व्यवसायीहरुले मालबस्तु आयात गर्दा भन्सार नाका छलेको, प्रज्ञापन पत्र नभरेको, भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, लाभांश कर लगायत सबै प्रकारका कर छल्दै व्यवसाय गरेको विभागले जनाएको छ ।

पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यू मनकामना सप्लायर्स रुपन्देही र क्रेता सांग्रीला एक्सपोर्ट तथा राज फेन्सी कर्नर उल्लेख गरि मालवस्तु तथा ढुवानी साधनको प्रणालीमा प्रविष्ट गरि पठाएको तर उक्त मालवस्तुहरु अन्य फर्महरुले बिना बिलबिजक बुझिलिएकोले पशुपति रोड क्यारियर नेपाल प्रालि लगायतका विभिन्न फर्महरुको कारोबारमाथि छानविन हुँदा राजश्व छलि पुष्टि भएको विभागले जनाएको छ ।

जसमा विभागले सबैभन्दा धेरै पशुपति रोड क्यारियर नेपालका संचालकहरु महेन्द्र प्रसाद गुप्ता, राजेन्द्र प्रसाद गुप्ता र मधु कुमारी गुप्ता, कर्मचारीहरु भारतिय नागरिक ओमप्रकाश भनिने उपेन्द्र कुमार सिंह र अन्जियन आलम, न्यू मनकामना सप्लायर्सका प्रोप्राइटर रेखा जैसवाल र मुख्य कारोबारी रोकश प्रसाद जैसवाललाई २१ करोड ८५ लाख १३ हजार २०२ रुपैयाँ जरिवाना माग गरिएको छ । उनीहरुलाई ३ देखि ५ वर्ष कैद सजाय पनि माग गर्दै मुद्धा दायर गरिएको छ ।

प्रकाशित: ४ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×