बजेट स्मार्टवाच ‘पेबल स्पार्क’ सार्वजनिक

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार
बजेट स्मार्टवाच ‘पेबल स्पार्क’ सार्वजनिक

काठमाडौं ।

भारतको वेयरेबल ब्राण्ड पेबलले नयाँ स्मार्टवाच पेबल स्पार्क सार्वजनिक गरेको छ। बजेटमैत्री नयाँ स्मार्टवाचमा ब्लूटूथ कलिङ फिचर दिइएको छ।

यस स्मार्टवाच मार्फत् प्रयोगकर्ताले एक क्लिकमा कलको रिप्लाईका साथै इन बिल्ट माइक्रोफोनबाट कुराकानी गर्न सक्छन्।

कम्पनीले पेबल स्पार्क स्मार्टवाचको मूल्य १ हजार ९९९ भारु तोकिएको दैनिक भास्करले उल्लेख गरेको छ। यो स्मार्टवाच फ्लिपकार्टमा बिक्रीका लागि उपलब्ध छ।

उक्त मूल्यमा १.७ इन्चको डिस्प्लेसहित उपलब्ध हुने यो एउटा मात्र स्मार्टवाच भएको कम्पनीको दावी छ।

स्मार्टवाचमा सर्कुलर डायलका साथ डिस्प्लेमा फुल एचडी २४० वाई २८० पिक्सल रिज्यूलेसन पाउन सकिन्छ। यसमा मल्टप्ल वाच फेस र स्वापेबल स्ट्रैप दिइएको छ। यसमा वन ट्याप भ्वाई असिस्टेन्ट र फाइन माई फोन नम्बर लगायत फिचर छन्। यस लाइटवेट स्मार्टवाचको तौल ४५ ग्राम छ।

यसमा साइकलिङ, रन, टेनि र ब्याटमिन्टनलगायत स्पोर्टस मोड दिइएको छ। जसले प्रयोगकर्ताको फिटनेस ट्रयाक गर्छ। यसले हेल्थ सूट ब्लड अक्सिजन लेभल, हार्ट रेट र ब्लड पेसर लगायत मोनिटरिङ गर्छ।

पेबल स्पार्कमा रहेको १८० एमएएचको ब्याट्रीले स्ट्यान्बाई मोडमा न्यूनतम ५ दिन टिक्ने कम्पनीको दावी छ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...