क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स माथि ३.३५ मिलियन डलर जरिवाना

  • Technology Khabar | २ श्रावण २०७९, सोमबार
क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स माथि ३.३५ मिलियन डलर जरिवाना

काठमाडौं ।

नेदरल्याण्डमा क्रिप्टोकरेन्सीको ठूलो विनियमकर्ता बाइनान्स माथि जरिवाना गरिएको छ। डच सेन्टर बैंक (डीएनबी)ले बाइनान्सलाई ३.३५ मिलियन अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरेको हो।

कम्पनीले नेदरल्याण्डमा दर्ता नगरी सेवा शुरु गरेकाले उक्त रकम बराबरको जरिवाना गरिएको रोयटर्सले उल्लेख गरेको छ।

यो जरिवाना अप्रिल २०२२ मा जारी गरिएको थियो। बैंकले अगस्ट २०२१ मा बाइनान्सलाई दर्ता बिना मुलुकमा करोबार नगर्न चेतावनी दिएको थियो।

बैंकका अनुसार बाइनान्सले जुनमा यस निर्णय विरुद्ध अपिल गर्ने संकेत गरेको थियो।

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...