टेस्लाले चीनको विद्युतीय सवारी निर्यातको आधा हिस्सा ओगट्यो

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
टेस्लाले चीनको विद्युतीय सवारी निर्यातको आधा हिस्सा ओगट्यो

काठमाडौं ।

टेस्लाको मोडेल वाई र मोडल ३ को गिगाफ्याक्ट्री शाङ्घाईबाट निर्यातले सन् २०२२ को पहिलो छमहिनामा चीनको विद्युतीय सवारी साधनको निर्यातको करिब आधा हिस्सा ओगटेको छ।

जब टेस्लाले पहिलो पटक सांघाईमा विशाल इलेक्ट्रिक कार कारखाना निर्माण गर्ने आफ्नो योजना घोषणा गर्यो, सीईओ इलो मस्कले सो केवल चीनको विद्युतीय सवारीको स्थानीय माग आपूर्ति गर्न भएको र अन्य बजारहरूमा कुनै पनि गाडी निर्यात नगर्ने बताएका थिए। तर त्यो बाटो रोकिएन।

टेस्ला गिगाफ्याक्ट्री शाङ्घाईमा उत्पादन बढाउन अत्यन्त सफल भएको थियो, जुन अविश्वसनीय गतिमा संसारको सबैभन्दा धेरै उत्पादकत्व भएको इलेक्ट्रिक भेहिकल कारखाना बन्यो।

२०२१ मा, टेस्लाले उत्पादन दरको फाइदा उठाउने निर्णय गर्यो र गिगाफ्याक्ट्री सांघाईलाई यसको “निर्यात हब” मा परिणत गर्यो।

गिगाफ्याक्ट्री रहेको शाङ्घाई सहरमा लकडाउनको कारण दोस्रो त्रैमासको महत्त्वपूर्ण भागमा बन्द भएको थियो र अटोमेकरलाई चीनमा २०२२ को पहिलो आधा वर्ष कठिन भएको थियो।

ती कठिनाइहरूको बावजुद, सीएनईभीपोस्टद्वारा संकलित तथ्याङ्क अनुसार वर्षको पहिलो अर्ध वार्षिकमा टेस्लाको निर्यातले चीनको इलेक्ट्रिक भेहिकल निर्यातको करिब आधा हिस्सा ओगटेको छ।

सीएनईभीपोस्टद्वारा अनुगमन गरिएको चाइना प्यासेन्जर कार एसोसिएसन को तथ्याङ्क अनुसार टेस्लाको सांघाई प्लान्टले वर्षको पहिलो छ महिनामा ९७,१८२ सवारी साधनहरू निर्यात गरेको छ, जुन सोही अवधिमा चीनबाट निर्यात गरिएका सबै एनईभीहरु  मध्ये ४८ प्रतिशत हो।

रिपोर्टकाअनुसार सो अवधिमा चीनबाट कुल २ लाख २ हजार एनईभीहरु निर्यात भएका थिए।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...