मस्कले उडाए नासाको मजाक

  • Technology Khabar | ३१ असार २०७९, शुक्रबार
मस्कले उडाए नासाको मजाक

काठमाडौं ।

टेस्लाका सीईओ एलन मस्कले नासाको मजाक उडाएका छन्। मस्कले ट्विटरमा नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको अन्तरिक्ष तस्बिरको मजाक उडाएका हुन्।

मस्कले नासाले वेब स्पेस टेलिस्कोपबाट खिचेको अन्तरिक्षको तस्बिरलाई भान्साको स्ल्याबसँग तुलना गर्दै ट्विटरमा ‘नाइस ट्राइ, नासा’ लेखेका छन्।

मस्कले पोस्ट गरेको फोटोमा अन्तरिक्षको तस्बिर र भान्साको स्ल्याबको तस्बिर हुबहु देखिएको छ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...