
काठमाडौं ।
चिनियाँ महिलाले वषौंदेखि विकिपिडियामा रुसको नक्कली इतिहास लेखिरहेको पत्ता लागेको छ।
चिनियाँ महिाला विगत १० वर्षदेखि २०० भन्दा बढी रुस सम्बन्धी काल्पनिक इतिहास लेखेको वाइस न्यूजले रिपोर्ट प्रकाशित गरेको छ। ती महिलाको छद्मभेषी नाम ‘झेमाआ’ भएको रिपोर्टमा उल्लेख गरिएको छ।
यस घोटालाको खुलासा गत महिना चिनियाँ उपन्यासकार यिफानले एउटा पुस्तकको खोजी गर्दा गरेका थिए।
विकिपिडियाका सम्पादकहरुले उजुरी प्राप्त गरेपछि अनुसन्धान शुरु गरेका थिए। आरोप सत्य सावित भएसँगै ती महिला माथि प्रतिबन्ध लगाइएको छ।
महिलाले आफूलाई एक विद्वानको रुपमा प्रस्तुत गरे मध्ययुगीन रुसी इतिहासको वैकल्पिक एकाउन्टहरुमा काल्पनिक राज्य र लडाईहरु लेख्दै आएको वाइस न्यूजले जनाएको छ।
झेमाओले सन् २०१९ यता अनलाइन इनसाइकोपिडायमा २०६ भन्दा बढी लेख लेखेकी छिन्।
झेमाओले अहिले हटाइएको प्रोफाइलमा आफूलाई रुपमा कार्यरत एक कूटनीतिज्ञकी छोरी भएको बताएकी थिइन्। साथै ती महिलाले आफूले रुसी इतिहासमा डिग्री लिएको र रुसीसँग विवाह गरपछि रुसी नागरिक भएको दावी पनि गरेकी थिइन्।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार