‘स्याण्ड ब्याट्री’ले हरित उर्जाको ठूलो समस्या समाधान गर्न सक्ने

  • Technology Khabar | २५ असार २०७९, शनिबार
‘स्याण्ड ब्याट्री’ले हरित उर्जाको ठूलो समस्या समाधान गर्न सक्ने

काठमाडौं ।

फिनल्याण्डका अनुसन्धाताले विश्वकै पहिलो हरित उर्जालाई महिना दिनसम्म स्टोर गर्नसक्ने स्याण्ड ब्याट्री इन्स्टल गरेको छ।

डेभलपरहरुले यो प्रविधिले हरित उर्जामा आउने प्रमुख समस्या वर्षभरको आपूर्तिको समस्या समाधान गर्ने बताएका छन्।

कम गुणस्तरको बालुवा प्रयोग हुने उक्त डिभाइस सौर्य वा वायुमार्फत् उत्पादित सस्तो बिजुलीद्वारा चार्ज हुने बीबीसीले उल्लेख गरेको छ।

उक्त बालुवाले ५०० डिग्री सेल्सियससम्मको तापक्रम भण्डारण गर्न सक्ने र यसबाट जाडो महिनामा अन्य उर्जा महंगिने समयमा घर तताउनमा उपयोगी हुने बताइएको छ।

फिनल्याण्डले अधिकांश ग्यास/पेट्रोलियम रुसबाट लिने भएकाले हाल यूक्रेन युद्धका कारण स्थानीय हरित उर्जामा केन्द्रित हुन थालेको बुझिएको छ।

फिनल्याण्डमा हिउँद लामो हुने भएकाले प्रकाश तथा तापक्रमको स्रोतका बारेमा स्थानीय राजनीतिज्ञ तथा सर्वसाधारणमा चिन्ता छाउन थालेको छ। यस्तोमा स्याण्ड ब्याट्रीको उपयोगिता निकै हुन सक्ने बीबीसीले जनाएको छ।

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार