
काठमाडौं ।
टेस्लाले आफ्ना सवारीहरुलाई खाल्डा, फुटपाथ र अन्य सडकको खराबी सम्बन्धमा जानकारी उपलब्ध गराउने सफ्टवेयर अपडेट दिएको छ।
नयाँ अपडेटले खराब सडकको म्याप डाटा जेनेरेट गरेर सस्पेन्सरको उचाई समायोजन गर्न सहायता प्रदान गर्ने इनग्याजेडले उल्लेख गरेको छ।
सन् २०२० मा टेस्लाका सीईओ एलन मस्कले ट्वीटरमा यस्तो फिचर आउने संकेत गरेका थिए।
खराब तथा कच्ची सडकमा टेस्लाका कार गुड्दा यो प्रविधि प्रयोगमा आउने छ।
यो प्रविधि टेस्ला मोडल एस र मोडल एक्स कारमा मात्र रहेको इलेकट्रेकले उल्लेख गरेको छ। टेस्ला मोडल ३ र मोडल वाई कारले खराब सडक स्क्यान गर्छ कि गर्दैन भने हाल सम्म प्रष्ट भइसकेको छैन। यी मोडलमा डाटाबाट फाइदा लिनका लागि अनुकूलीत सस्पेन्सरको अभाव छ।
मोडल ३ र मोडल एस दुवैमा कुल ८ क्यामरा छन्।
खाल्टा खुल्टी स्क्यान गर्ने प्रविधि प्रयोग गर्ने टेस्ला पहिलो कम्पनी भने हैन। यस्तो प्रविधि यस अघि फोर्डले प्रयोग गरिसकेको छ।
प्रकाशित: २२ असार २०७९, बुधबार